|

पत्रकार संयमित हुनुपर्छ : चापागाई

बिनोद परियार,रूपन्देही,३ चैत । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एंव पश्चिमाञ्चल उपाध्यक्ष मोहन चापागाईले पत्रकारहरु संयमित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले पत्रकारीताले विभिन्न चरणहरु पार गरेको बताउदै अबको पत्रकारिता भावना भन्दा सामाजिक उत्तरदायित्वका लागि हुनुपर्ने  बताउनुभयो ।

विभिन्न संघसंस्थाहरुको सहयोगमा नेपाल पत्रकार महासंघले आयोजना गरेको तीन दिने द्धन्द्ध संवेदनशिल पत्रकारिता तालिमको शनिबार बुटवलमा उद्घाटन गर्दै चापागाइले यस्तो बताउनुभएको हो । उहाँले पत्रकारहरुकै कारण कतिपय अवस्थामा द्धन्द्ध निम्तन सक्ने र कतिपय अवस्थामा न्यूनिकरणमा सहयोग गर्ने भएकाले यस्तो तालिमको आवश्यकता रहेको बताउनुभयो । सो अवसरमा  नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष दीपक ज्ञवाली,उपाध्यक्ष रामराज पोखरेल,ईन्टरनेशनल अलर्टका रविन्द्र गुरुङ,पत्रकार महासंघ रुपन्देहीका कार्यालय सचिव कृष्णराज पाण्डेले बोल्नुभएको थियो । तालिममा रुपन्देही,नवलपरासी र कपिलबस्तुका पत्रकारहरुको सहभागिता छ । द्धन्द्ध पत्रकारिता,यसको महत्व,द्धन्द्धका बिषयमा कसरी रिर्पोटिङ गर्ने जस्ता बिषयमा तालिम दिईएको छ । तालिमको  पत्रकार प्रकाश शिलवाल र विनोद ढकाले सहजीकरण गर्नुभएको छ ।

Posted by Butwalonline on 5:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार संयमित हुनुपर्छ : चापागाई "

Leave a reply