पर्यटकिय गाउँ ताङतिङ कास्की
देवीजंग तमु,पोखरा-नेपालको पर्यटकिय गन्तब्यको सुचिमा कास्कीको ताङतिङ गाउँलाई पनि लिन सकिन्छ । समुन्द«ी सतहबाट करिब १ हजार ६ सय ५० मिटरको उचाई अवस्थित यस सुन्दर गुरुङ गाउँ गुरुङहरुको साँस्कृतिक र प्राकृतिक रुपले पर्यटकहरुको नजरमा सजिलै पर्न सक्ने गाउँ हो । सदरमुकाम पोखरादेखी करिव २७ किमिको दुरीमा रहेको ताङतिङमा चाँसुसम्मा मोटर र त्यसपछि करिब २ घण्टाको पैदलयात्रामा यो सुन्दर गाउँमा पुग्न सकिन्छ । गुरुङ संस्कार, संस्कृति वुझ्नको लागी पनि यस गाउँलाई लिन सकिन्छ ।
साँस्कृतिक रुपले धनी
तमुहरुको संस्कार, संस्कृतिको दृष्टिकोणले पनि ताङतिङ गाउँ एक ऐतिहासिक गाउँको रुपमा लिन सकिन्छ । प्येमा उल्लेख भए अनुसार तमुहरुका खे मध्ये आपा करपाले आफ्नो वस्ती वसाल्नको लागी ठाउँहरु खोज्दै गर्दा ताङतिङ गाउँमाथि रहेको क्रबु डाँडामा आई आफ्नो वाण ( खुकुरी ) हन्दा सिक्लेसको वेशी आरगुईमा गाडेको इतिहास छ । आपा करपाले उक्त वाण क्रवुबाट हान्नुपुर्व यदि साँच्चिकै मैले मेरो गाउँठाउँ वसाल्न सक्ने हो भने जहाँ यो वाण( खुकुरी ) पुग्छ त्यहाँ नै मेरो गाउँठाउँ हुनेछ भनेर वाचा गरी क्रबुबाट वाण हानेको इतिहास प्येमा उल्लेख भएको कारणले पनि यो गाउँ ऐतिहासिक मान्न सकिने पच्यु चिवा वेल वहादुर ल्हेगे तमुले जानकारी दिनुभयो किनकी आपा करपाले वाण हानेको ठाउँ क्रवु र वाण गाडेको गाउँ आरगुईमा अहिले आपा करपाको वाणको रुपमा आरगुईको एउटा खेतमा ठुलो ढुंगा रहेको छ, जुन ढुंगालाई सजिलै हल्लाउन सकिएपनि उखेल्न भने सकिन्न । त्यसैगरी ताङतिङ गाउँमाथि डाँडामा पहिलोपटक नौउजु क्रोम्छैहरु आइ वसेकोले उक्त डाँडालाई नौउजु डाँडाबाट चिनिन्छ । त्यसैगरी अर्कोतर्फ प्ये अनुसार भन्ने हो भन्ने अहिलेको ताङतिङ गाउँलाई तोदी कुन्म्रो भनेर पनि वुझिन्छ तर उक्त कुन्म्रो भन्ने ठाउँ अहिलेको ताङतिङ गाउँमा नभई गाउँको उत्तरपुर्वपट्टि स्थानमा रहेको छ जसलाई पुरन नामले चिनिने अर्का पच्यु चिवा नर वहादुर ल्हेगे तमु वताउनुहुन्छ । तसर्थ साँस्कृतिक रुपले पनि ताङतिङ गाउँ ऐतिहासिक गाउँ हो ।
प्राकृतिक रुपले पनि धनी
प्राकृतिक रुपले पनि ताङतिङ सुन्दर छ । विहान उठ्नेवित्तिकै अन्नपुर्ण र लमजुङ हिमाललाई हेर्न पाउनुको साथै पटकपटक हिमपहिरो हेर्न पाउदछ । गाउँका वनपाखाहरुमा फाल्गुन चैत्रमा फुल्ने लालीगुराँसले हुन् वा असोज कार्तिकमा देखिएका हरियालीले हुन् गाउँलाई झन् सुन्दरता थपिएको छ । त्यसैगरी लमजुङ्ग घले गाउँसम्म पुग्नलाई पनि पयटकिय पदमार्ग निर्माण भएको छ । गाउँलाई भौतिक संरचनाको रुपले वडा १ देखि ५ सम्म विभिन्न टोलहरुले नामाकरण गरेको छ । नामार्जुङ गा.वि.सस्थित वडा नम्वर १ लाई काँजमै ट्हो, २ लाई क्रमै ट्हो, ३ लाई घोन्मै ट्हो, ४ लाई क्वोरा ट्हो, ५ लाई पैडी ट्होबाट चिनिने वडा न ४ का पुर्व वडा अध्यक्ष एवम् तमु प्ये ल्हु संघ युएई शाखाका अध्यक्ष एक्का जंग प्ल्हेँ तमुले जानकारी दिनुभयो।
प्रतिभावान् व्यक्तित्वहरुको गाउँ
साँस्कृतिक, प्राकृतिक रुपले धनी यस गाउँबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यक्तित्वहरुलाई जन्माएको छ । कला तथा चलचित्र क्षेत्रमा भोज वहादुर गुरुङ, राजेश गुरुङ सानु, पुर्व मिस नेपाल निलिमा गुरुङ, वेद वहादुर गुरुङ श्याम लगायतका व्यक्तिहरुको नाम लिन सकिन्छ । त्यसैगरी खेलकुदको क्षेत्रमा अन्तराष्ट्रिय स्तरमै ख्याती कमाउन सफल म्याराथुन धावक चोक वहादुर गुरुङलाई पनि यसै गाउँले नै जन्माएको हो । त्यसैगरी गाउँलाई अन्य देशसंग समन्वयका लागी स्थानिया हिमालय मिलन माविका प्र.अ ओम प्रकाश गुरुङको पनि ठुलो भूमिका रहेको छ ।
पर्यटनको राम्रो सम्भावना
करिब २ सय घरधुरी रहेको यस गाउँलाई साँस्कृतिक, प्राकृतिक एवम् विविध पक्षले सुन्दर त वनाएको छ नै त्यसको साथै ताङतिङ गाउँवासीको स्वागत सत्कारले झन् गाउँको सुन्दरता झन् सुन्दरता थपिदिएको छ । करिब गाउँमा पर्यटनहरुलाई मध्यनजर गर्दै १७ घरमा होम स्टे, ३ वटा व्यवस्थित भएको गाउँबाट उद्धत गर्दै एक्का जंग तमुले जानकारी दिनुभयो । पोखरा काहँुखोलाबाट चाँसुसम्म मोटर वाटो र करिब २ घण्टा पैदल यात्रा गरेपछि ताङतिङ गाउँमा पुग्न सकिन्छ । २०५० सालदेखि गाउँसम्म सडक पु¥याउनको लागी काम थालेपनि अहिलेसम्म नपुगेको भन्दै वडा ४ का पुर्व वडा अध्यक्ष एक्का जंग तमु चिन्ता व्यक्त गर्नुहुन्छ । “२०५० सालदेखि थालेको दुधपोखरी ग्रामिण सडक ताङतिङ गाउँमा अहिलेसम्म निकै दुःख लाग्छ ”उहाँको भनाई थियो । गाउँसम्म सडक पु¥याउनका लागी सम्वन्धित सवै निकायले चासो राख्नुपर्ने उहाँले वताउनुभयो । गाउँमा आउने पर्यटकहरुलाइ स्वागतको लागी गाउँमा पक्की प्रवेशद्धार निर्माण भइरहेको । यसको लागी वडा ४ निवासी धन वहादुर तमुका छोराहरुले बाबा ८४ वर्ष पुगेको खुशीयालीमा एक्काजंग तमु र उहाँकी श्रीमती जमुना तमु, भाई रण वहादुर तमु र उहाँकी श्रीमती नौमाया तमु र छोरीहरु धन कुमारी तमु, दिल माया तमु र खुशी तमुले करिब साढे २ लाखको लागतमा पक्की प्रवेशद्धार निर्माण गर्न लाग्नभएको हो ।
युवा क्लवको ताङतिङ मेला
स्थानिय स्तरबाटै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म आफ्नो पहिचान वनाउनको लागी स्थानिया ताङतिङ युवा क्लवले वार्षिक रुपमा ताङतिङ मेला पनि आयोजना गर्दै आएको छ । विभिन्न संघ संस्थाहरुको समन्वयमा चैत्र दशैको अवसरमा आयोजना हुने गरेको ताङतिङ मेलामा स्थानिया कलाकारहरुको साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गर्ने गर्छन् । मेलाको अवसरमा आन्तरिक तथा वाह्य पर्यटकहरु हेर्न टाढा टाढाबाट ताङतिङ गाउँमा जाने गर्दछन् । तसर्थ यसपाली पनि ताङतिङ युवा क्लवको आयोजनामा यही चैत्र २१ गतेदेखि ३ दिनसम्म ताङतिङ मेला हुने भएको छ । क्लवले २३ वर्षअघिदेखि आयोजना गर्दै आएको मेला यसपाली क्लवको आयोजना र स्थानियाको सहकार्यमा चैत्र २१, २२, २३ गतेसम्मा मेला हुने क्लवले जनाएको छ ।
तसर्थ यस्ता पर्यटकिय गाउँहरुको विकास र प्रवद्र्धनका लागी सवैले आ–आफ्नो क्षेत्रबाट लागीपरेमा आवश्य पनि विकास र प्रवद्र्धन हुनेछ । तस्बिर :एका जंग तमु !!