लुम्विनी अञ्चलका उद्योग बाणिज्य संघहरुको अञ्चल भेला हुने
बुटवल ,फागुन २७- लुम्विनी अञ्चलका उद्योग बाणिज्य संघहरुको अञ्चल भेला र सचिवालय व्यवस्थापन तालिम भोली बुटवलमा हुने भएको छ ।लुम्बिनी अञ्चलका १० वटा उद्योग बाणिज्य संघका अध्यक्ष पदाधिकारी तथा अधिकृतस्तरका कर्मचारी र लुम्बिनी अञ्चलबाट नेपाल उद्योग बाणिज्य महासंघमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुको भेलामा सहभागिता रहने छ ।नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले उद्घाटन गर्नुहुने कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, जिल्ला नगर उपाध्यक्ष भवानी राणा सहितका पदाधिकारी र समितिका सभापतिहरु पनि कार्यक्रममा सहभागि हुनुहुने छ ।
भोली नै बुटवलमा छुट्टै कार्यक्रम सहित उद्योग बाणिज्य संघका महासचिव, कोषाध्यक्ष र कार्यालय प्रमुख एवं अधिकृतहरुलाई सचिवालय व्यवस्थापन र आर्थिक व्यवस्थापन सम्वन्धि तालिम सञ्चालन गरीने छ ।यसैगरि पर्सी मंगलवार बुटवलमा पश्चिमाञ्चल क्षेत्रस्तरीय राजश्व गोष्ठी हुदैछ । बुटवल उद्योग बाणिज्य संघको सभाहलमा हुने गोष्ठिको आन्तरिक राजश्व बिभागका महानिर्देशक टंकमणि शर्माले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।