|

कलाकारहरु चुनावी माहोलमा

बुटवल, फागुन १७ - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको पाचौ अधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार बुटवलमा हुने अधिवेशनको लागि सदस्यता नविकरण, , प्रचार प्रसार , प्रतिवेदन लेखन , निवाचन समिति गठन, कलाकारहरुलाई आवाशको व्यवस्था लगायतका कामहरु पूरा भएको प्रतिष्ठानले जनाएको  छ ।

बुटवल उद्योग बाणिज्य सघंको सभाहलमा हुने अधिवेशनमा विविध सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका रुपन्देही अध्यक्ष बैकुण्ठ महतले जानकारी दिनुभयो ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आगामी असोज ११ देखी १३ गतेसम्म सुर्खेतमा हुने केन्द्रिय अधिवेशन पूर्व जिल्ला अधिवेशन गर्ने कार्यक्रम अनुसार रुपन्देहीमा पहिलो अधिवेशन गर्न लागिएको हो । रुपन्देहीमा हुने पहिलो अधिवेशनले अन्य जिल्लाको अधिवेशनलाई समेत प्रभावित पार्ने हुदाा सम्पूर्ण कलाकारहरुले यसलाई विषेश चासोको रुपमा लिएका छन ।

 अधिवेशनमा सहभागीताका लागि  देशभरका राष्ट्रिय कलाकारहरु समेत  बुटवल आउनु भएको छ । प्रतिष्ठानका अध्यक्ष  पुरुषोत्तम न्यौपाने , निवर्तमान अध्यक्ष दुर्गा रायमाझी , बरिष्ठ उपाध्यक्ष चन्द्र शर्मा, संस्थाक  अध्यक्ष अमर गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, प्रथम उपाध्यक्ष तथा लुम्बिनी सयोंजक बद्री पगेंनी , द्धितीय उपाध्यक्ष ऋषिलाल श्रेष्ठ बुटवल आइसक्नु भएको प्रचार सयोंजक दिनेश खड्काले जानकारी दिनुभयो ।  यसैगरी पूर्व केन्द्रिय महासचिव रमेश बि. जि., पूर्व कोषाध्यक्ष इन्द्र जि सी, केन्द्रिय सदस्यहरु नारायण लेकाली, नविन पौडेल, रीता थापा , दीपक खडका , रामजी खाण, पशुपती शर्मा लगायतका कलाकारहरुको अधिवेशनमा सहभागीता तथा प्रस्तुती रहने जनाइएको छ ।

अधिवेशनको अवसर पारेर प्रतिष्ठानलाई सहयोग गर्ने सघं सस्था तथा व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको प्रतिष्ठानले जनाएको छ ।

Posted by Butwalonline on 7:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कलाकारहरु चुनावी माहोलमा"

Leave a reply