|

जिविस कपिलवस्तुको बजेट ३ अर्ब ३१ करोड

किरणमान बज्राचार्य,कपिलवस्तु २५ फागुन-जिल्ला विकास समिति कपिलवस्तुले आगामी आर्थिक बर्ष ०७०÷०७१ लागि सबा तीन अर्ब बढिको बजेट प्रस्तावित गरेको छ । आर्थिक बर्ष ०७०÷०७१ का लागि जिविसले कुल ३ अर्व ३१ करोड ५२ लाख ६८ हजार रुपैयाको बजेट बार्षिक निति, बजेट तथा कार्यक्रम प्रस्तावित गरेको हो । जिबिसले गत आ.ब.मा कुल २ अर्व ६९ करोड ७८ लाख ९३ हजार रुपैया बजेट रहेको थियो ।

बिनियोजित बजेट चालु आ.व. भन्दा २३ प्रतिशतले बढी रहेको छ । चेतना, समता, शान्ति र आत्मनिर्भरता बिकास शुसासन कपिलवस्तुको प्रतिबद्धता भन्ने नाराका साथ स्थानीय बिकास अधिकारी रामप्रसाद पाण्डेले १८ औ जिल्ला परिषदमा सो बजेट सार्वजिनिक गर्नु भएको थियो । शुक्रबार तौलिहवामा सम्पन्न गरिएको परिषदमा पारित गरिएको बजेटमा चालु खर्च तर्फ २ अर्ब ३ करोड ७ लाख ३९ हजार रुपैया अर्थात ६१ प्रतिशत तथा पुजिगत तर्फ १ अर्ब २८ करोड ४५लाख ३६ हजार अर्थात ३९ प्रतिशत बजेट छुट्याइएको छ । जिविसले यस आर्थिक बर्षमा जिल्लाको पर्यटन गुरु योजना निर्माण गरि पहिचान भएका क्षेत्रको प्रबर्धनलाई जोडदिने, पेश्कि शुन्य बनाउने, जिल्लामा सडक सञ्जाल बिस्तार गर्दा रोडहेड बाट मात्र अगाडी बढाउने, जिल्लाका बर्थिगं सेन्टरको सुबिधा नपुगेका क्षेत्रमा सुबिधा पुर्याउने, लैगिंक हिंसा बिरुद्ध अभियान सञ्चालन गर्ने, लागु पदार्थ दुव्र्यसनमा फसेका युवाका लागी बिषेश कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम लाई प्राथमिकता दिने जनाएको छ ।

सो अवसरमा जिल्लामा बिकास पत्रकारितामा कलम चलाउने सञ्चारकर्मी भेषराज पाण्डे लाई १५ हजार रुपैया र प्रशंसापत्र सहित कार्यक्रमका प्रमुख अथिती जिल्ला न्यायाधिस रामकृष्ण खनालले सम्मान गर्नु भएको थियो । त्यसै गरि भवानी भिक्षु स्मृती साहित्यिक पुरस्कार जिल्लाका साहित्यकार बासुदेब जमरकट्टेल लाई प्रदान गरिएको थियो । त्यस्तै ३० जना महिला स्वास्थ्यस्वयं सेबिकालाई जनही २ हजार रुपैया दरले पुरस्कार बितरण तथा शिवगढी र बरकलपुर गाबिसका सचिबहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, एमाओबादी जिल्ला इृन्चार्ज रामलौटन तिवारी, नेपाली कांग्रेसका अतहर कमाल, नेकपा एमालेका झबि पोख्रेल, नेकपा–माओबादीका नेता शंख प्रसाद थारु, तमलोपाका रामदास गुप्ता, राप्रपा नेपालका नारायण बहादुर सिंह लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

Posted by Butwalonline on 6:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिविस कपिलवस्तुको बजेट ३ अर्ब ३१ करोड"

Leave a reply