|

खुल्ला नृत्य प्रतियोगिता सम्पन्न


नेपालगन्ज÷कला र सस्कृतिको संरक्षण गरौं भन्ने मुल नाराका साथ खुल्ला एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
बास नेपालगन्ज उपशाखाको आयोजनामा  नेपालगन्जमा सम्पन्न प्रतियोगितामा कोहलपुरकी तोसी माझि प्रथम भएकि छिन् यसैगरी द्धितिय र तृतिय क्रमशः राधा गुरुङ्ग र शिलु के.सी भएका छन् । प्रतियोगिताका बिजेताले पुरुस्कार स्वरुप क्रमशः १५००, १००० र ७०० नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
जम्मा सात जना प्रतियोगिहरुले सहभागीता जनाएको कार्यक्रममा सबैले निकै नै बेजोड नृत्य प्रश्तुत गरेका थिए । निकै नै प्रतिष्प्रधात्मक प्रतियोगितामा निर्णायकको भुमिका बरिष्ट कलाकार सुन्दर गुरुङ्ग, भरत महतो तथा बासका उपनिर्देशक हेमराज भट्टले निभाएका थिए । प्रतियोगिता सम्पन्न पश्चात बोल्दै बासका निर्देशक नमस्कार शाहले बासको केन्द्र देखि शाखा उपशाखाहरुले युवाहरुको कला तथा प्रतिभालाई प्रश्फुटन गर्ने थलोको रुपमा प्रतियोगिता आयोजना गर्दै आएको बताएका थिए । उनले नृत्य प्रतियोगितालाई मासिक रुपमा गर्ने योजना रहेको समेत जानकारि गराउदै सहभागीसम्पूर्ण प्रतियोगिहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । बास सदस्य सकुन्तला शाहले सञ्चालन गरेको कार्यक्रमकोस्वागत मन्तव्य कार्यक्रम संयोजक लोकेन्द्र रानाले गरेका थिए भने कार्यक्रमको समापन बास नेपालगन्ज उपशाखाका अध्यक्ष प्रशान्त ढकालले गरेका थिए ।


Posted by Unknown on 6:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खुल्ला नृत्य प्रतियोगिता सम्पन्न"

Leave a reply