राष्ट्रपति चुप लागेर बस्न नहुने बिचार : कोइराला
धनुष, २५ माघ-नेपाली काङग्रेसका सभापति सुशील कोइरालाले देशमा अहिले संवैधानिक सङकट चुलिएको भन्दै यस्तो अवस्थामा राष्ट्रपति चुप लागेर बस्न नहुने बिचार व्यक्त गर्नुभएको छ । धनुसामा आज आयोजित पत्रकार सम्मेलनमा सभापति कोइरालाले राष्ट्रपति संविधानको संरक्षक र पालक भएकाले संविधान उल्लङघनका घटनाप्रति राष्ट्रपति गम्भीर हुनुपर्ने बताउनुभयो । यसैगरी काङग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली काङग्रेसको नेतृत्वमा सरकार गठन भए संविधानसभाको निर्वाचन तीन महिनाभित्र हुने बताउनुभयो ।उपसभापति पौडेलले लोकतन्त्र सुनिश्चित गर्न नेपाली जनताले आन्दोलन गर्नु जरुरी रहेको बिचार व्यक्त गर्नुभयो ।।
