|

प्रधानन्यायाधीश र शीर्ष नेताहरुको छलफल बीना निष्कर्ष सकियों

 काठमाडौं,फागुनb ९  -चार दलका शीर्ष नेताले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सामूहिक भेट भर्खरै सकिएको भएको छ ।  प्रधानन्यायाधीशको निबासमा भएको छलफलमा प्रधानमन्त्री र रेग्मीसँगै एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरु सहभागी थिए ।

छलफलसँग एमाओवादीका अध्यक्ष प्रचण्डले छलफल सकारात्मक भएको र भोलि फेरि छलफल हुने जानकारी दिनुभयो ।कांग्रेस उपसभापति रामचन्द्र पौडेलले छलफल जारी रहेको र आज कुनै निष्कर्षमा नपुगेको अनलाइनखबरलार्इ जानकारी  दिनुभयो ।

चार दलका शीर्ष नेताहरू रेग्मीको निबास जाने भनिएपनि अन्तिममा प्रधानन्यायाधीशलार्इ प्रधानमन्त्रीको निबास बोलाइएको हो । यसअघि बिहान हुने भनिएको भेट एमालेभित्रको विवाद चर्किएपछि साँझका लागि सारिएको थियो ।

स्रोतका अनुसार एमाले स्थायी समितिको बैठक स्थगित भएपछि प्रधानन्यायाधीशसँगको भेटमा रेग्मीको नेतृत्वप्रति असन्तुष्ट माधवकुमार नेपाल अनुपस्थित हुनु हुने भएको छ । नेपाल सरकारको नेतृत्व गर्नुअघि रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने अडानमा हुनुहुन्छ । नेपाल र महासचिव ईश्वर पोखरेलको पहलमा बोलाइएको बैठक एमाले अध्यक्ष झलनाथ खनालको निर्देशनमा स्थगित भएको छ ।

प्रमुख दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश रेग्मीलाई मंगलबार दलहरुले भेट्न खोजेका थिए । तर, रेग्मीले भेट दिन नमानेपछि प्रधानमन्त्रीले एक्लै भेट्नुभएको थियो । बानेश्वरमा मंगलबार बेलुका सम्पन्न शीर्ष दलको बैठकले बुधबार बिहान रेग्मीसँग सामुहिक भेटको दोस्रो कार्यक्रम तय गरेको थियो । तर, प्रधानन्यायाधीशलाई स्वीकार्ने विषयमा एमालेलगायतका मुख्य दलमै पुनः विवाद सुरु भएपछि भेटको समय बुधबार बेलुकका लागि सारिएको हो ।

प्रधानन्यायाधीशले आफ्ना विषयमा दलहरुवीच विवाद देखिएको भन्दै आफुलाई असफल नबनाउने प्रतिवद्धता जनाएमात्रै मन्त्रिपरिषद्को अध्यक्ष बन्ने शर्त राख्नुभएको छ । रेग्मीको शर्तपछि चारै दलका शीर्ष नेताहरुले सामुहिक प्रतिवद्धता जनाएर सरकारको नेतृत्वका लागि आग्रह गर्ने तयारी गरेका छन् । स्रोत :ऑनलाइन ख़बर

Posted by Butwalonline on 7:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानन्यायाधीश र शीर्ष नेताहरुको छलफल बीना निष्कर्ष सकियों "

Leave a reply