|

क्यारमबोर्डको नाममा खुलेआम जुवा

घोराही, २४ माघ-विगत केही महिनायता दाङका विभिन्न स्थानमा क्यारमबोर्ड खेल्ने नाममा जुवाको खाल चलेको छ । क्यारमबोर्ड खेल्दा खेलाडीले हात–हातमा तास लिएर क्यारमबोर्ड खेल्न उभिने र त्यसमा हजारौं रुपैयॉसम्मको जित हार हुने गरेको पाइएको छ । हेर्दा क्यारमबोर्ड खेलेको जस्तो सामान्य खेल देखिए पनि अहिले युवाहरु क्यारमबोर्डको जुवामा फस्न थालेका छन् । विगत दुई तीन वर्ष अघि पनि क्यारमबोर्डको खेलमा जुवा चलेको थाहा पाएपछि दाङको स्थानीय प्रशासनले खुल्लारुपमा क्यारम बोर्ड खेल्न प्रतिबन्ध लगाएको थियो । पछिल्लो समयमा क्यारमबोर्ड खेलमा १० देखि २० वर्ष समूहका युवाहरु देखिन्छन् । छोराहरु घरको पैसा चोरेर कामकाज र पढाइसमेत त्यागेर क्यारमबोर्डको लतमा फसेपछि अभिभावकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।।

Posted by Butwalonline on 2:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्यारमबोर्डको नाममा खुलेआम जुवा"

Leave a reply