प्युठानमा उत्पादन गरिएको हर्वल सावुनको बिदेशमा माग बढे
प्युठान, २५ माघ-प्युठानमा उत्पादन गरिएको हर्वल सावुनको बिदेशमा माग बढेर गएको छ । जिल्लाको मरन्ठाना १ गुरीगाउामा हर्वल सावुन उद्योग सञ्चालन गर्नुभएका दुर्गा केसीले उत्पादन गर्नुभएको सावुनको माग बिदेशमा बढेर गएको हो । लघु उद्यमिकारुपमा परिचीत बन्दै जानुभएका दुर्गाले निम, घिउकुमारी, चिउरी, तेल जस्ता स्थानिय बस्तुहरुको प्रयोग गरि हर्वल सावुन उत्पादन गर्दै आउनुभएको छ । पहिलो आफ्नो छोरा छोरीलाई लालन पालनमा समस्या भएको दुर्गाको जिवन यो व्यवसाय पछि फेरीदै गएको छ । दर्गाको सफलताले गाउाका अन्य महिलाहरुलाई समेत स्वरोजगार तथा सिपमुलक तालिम लिएर आत्मनिर्भरता तर्फ उन्मुख गराएको छ । कक्षा ८ सम्म पढेकी दुर्गाले मासिक ६ हजार पिस सावुन बिदेश निर्यात हुने गरेको बताउनुभयो । साथै उहााले साबुन उद्योगको आम्दानि बाटै एउटीछोरीलाई स्नातक र अर्कीलाई स्टाप नर्स पढाउनुभएको छ । त्यस्तै छोराहरुको पढाई खर्चमा लागेको ४ लाख रुपैयाा ऋण पनि यहि साबुन उत्पादनको व्यापारबाट चुक्ता गरेको बताउनुभयो ।।