बॉकेमा सद्भावना दौड सम्पन्न
ज्ञानु गौतम नेपालगञ्ज २५-प्रथम इन्डो नेपाल खेलकुद तथा सार्गीतिक महोत्सव अन्तर्गत आज बााकेमा सद्भावना दौड सम्पन्न भएकोछ । सिमामा सद्भाव अभियानलाई सार्थक तुल्याउन अन्तरालको ब्यवस्थापनमा क्रियाटिभ ह्यान्डसले प्रतियोगिता गरेकोछ । खेलमा पुरुष तर्फ प्रथम मधुकर खड्का , दोस्रो हरिराम धामरुक र तेस्रो उत्तिस थारु हुनुभएको छ । त्यसैगरि महिला तर्फ सृजना कुमाल प्रथम , द्धित्तिय निसा चौधरी र तृतिय सूमा श्रेष्ठ हुनुभएको छ । जमुनाह देखी सुरु भएको दौड ट्राफिक चोक ,गणेशमान चोक , बिपी चोक हुदै त्रिभुवन चोक सदरलाइन हुदै नगरभवन र मोड देखी रगंशाला सम्म पुगेर सम्पन्न भएको आयोजक क्रियाटिभ ह्यान्डसका अध्यक्ष टि यस ठकुरीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल भारत सिमा जमुनाह देखी सुरु हुने दौडमा झन्डै ५ दर्जन खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएको छ । खेलको उद्घाटन बााकेका प्रमुख जिल्ला ढुण्डिराज पोख्रेलले गर्नुभएको थियो ।