|

कक्षा ११ को मौका परीक्षामा ३० प्रतिशत बिद्यार्थी फेरी फेल

काठमाडौ, २५ माघ-कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । पुस २८ गते सञ्चालन भएको मौका परीक्षाको आज नतिजा प्रकाशित गरिएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ । मौका परिक्षामा ७२ दशमलव ४८ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । ६० हजार परीक्षार्थीमा ५४ हजार ७ सय ३७ जना सहभागी भएका थिए । त्यसमध्ये ३९ हजार ६ सय ७८ जना उतीर्ण भएका परिषदले जनाएको छ । टेलिफोनबाट १६ सय १ मा डायल गरेर तथा www.hseb.edu.np र www.hseb.ntc.net.np मा लगअन गरेर परीक्षाफल थाहा पाउन सकिने परिषद्ले जनाएको छ ।।

Posted by Butwalonline on 2:34 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कक्षा ११ को मौका परीक्षामा ३० प्रतिशत बिद्यार्थी फेरी फेल"

Leave a reply