श्रीमतीलाई मट्टितेल खन्याएर जिउँदै जलायर हत्या गरेको भन्दै विरोध र्याली
जुम्ला, माघ १९ - आफ्नै श्रीमतीलाई मट्टितेल खन्याएर जिउँदै जलायर हत्या गरेको भन्दै महिला अधिकारकर्मीले बिहीबार जुम्लामा विरोध र्याली निकालेका छन्। हत्यारालाई हदैसम्मको कारबाहीको माग राख्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि धर्ना दिए।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पढाइको सिलसिलामा सुर्खेत गएका जुम्ला चन्दनाथ-३ भण्डारीवाडाका कमल भण्डारीले माघ १२ गते राति सुतेको अवस्थामा श्रीमती कमला बुडथापा (भण्डारी) लाई मट्टितेल खन्याई आगो लगाएको अभियोग छ।सख्त घाइते भएकी कमलालाई नजिकको आफन्तले नेपालगन्ज भेरी अञ्चल अस्पतालमा ल्याएपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो। तर मृतकको श्रीमान्ले भने आफूलाई त्यस विषयमा थाहा नभएको बताएको प्रहरीले जनाएको छ। सो बारे अनुसन्धान भइरहेको बताइएको छ। रासस(स्रोत : नागरिक न्युज)