विकासको आशामा नयाँ गाउ
ज्ञानु गौतम । नेपालगञ्ज माघ २६-पुवि र्बाँकेको बैजापुर ३ नया गाउँका बासिन्दाहरु विकासको प्रतिक्षामा छन् । जिल्लाकै अति विकट मानिने उक्त बस्तीमा खानेपानी, यातायात, विजुली,फोनसेवा तथा अन्य भौतीक पुर्वाधारको अभाव छ । बैजापुर गाविस ३ को ग गाउ अन्तरगत पर्ने खैरभट्ठी गाउका बल बहादुर बुढाथोकीले भने, सरकारी तथा गैरसरकारी संघ संस्थाका हाकिमहरु आउनुहुन्छ, तपाइहरुको ठाउ गाउको छिट्टै विकास हुन्छ, भनेर जान्छन्, विकास होला की अब । उनले समस्यै समस्याले भरिएको नया गाउको विकासका लागि सबैले चासोका साथ पहल गर्न आग्रह समेत गरेका छन् । चारैतिर जंगल र चुरे पहाडले घेरिएको उक्त गाउ जानलाई बैजापुर देखि ९ किलोमिटर ६ घण्टा लाग्ने गरेको छ । गाडी जाने बाटो छैन् । १ सय ३२ घरधुरीमा ६ सय ७७ जनसंख्या रहेको उक्त नया गाउका बासिन्दा आफ्नो गाउको विकास भएको देख्न चाहन्छन् ।सरकारी सेवा सुविधा पाउनबाट समेत बन्चित नया गाउका बासिन्दा राज्यले छिट्टै विकास गर्छन की भन्ने आशामा बसेका हुन् । हरेक दृष्टिकोण बाट विकास नभएकै कारण सिमाको अतिक्रमण, दिनदाहाडै लुटपात, डकैती, बलात्कारको सिकार हुने खतरा मोलिरहेको नया गाउका वासिन्दाको गुनासो रहेको छ । बासखोली, कुन्तीपानी, चुनभट्ठी, खैरभट्ठी, गुरदिनगौढी, महेशपुर, झर्रहवा लगाएतका नया गाउहरु भारतीय सिमानामा पर्ने भएकाले दिन प्रतिदिन त्यस क्षेत्रका वासिन्दाहरु असुरक्षित भएका छन् । राप्तीपारीका गाउ ? बाट पैदल यात्रा गरे नया गाउ जानुपर्ने बाध्यता सगै जिल्ला स्तरका सरकारी सेवा सुविधा लिन भारतीय बाटो हुदै जानुपर्ने समस्या रहेको बाँसखोलीका सिता चौधरीले बताइन् । उनले गाउामा रहेको प्राथमिक विद्यालय समेत बालवालिकालाई पठाउन समस्या हुने गरेको समस्या सुनाइन् ।एकिकृत नेकपा माओवादीका एरिया इन्चार्ज निर्मल घतिर्ले नयागाउ को विकासका गर्नका लागि पहल गरिएको बताए । उनलेराजनितिक दलहरुसग छलफल, जिल्ला विकास गाउ विकासहरु सग बजेट माग लगायतको पहल गरिरहेको उल्लेख गरे । एमाओवादी इन्चार्ज घतिर्ले सम्वन्धीत गाविसमा नया गाउ को विकास गर्न विशेष बजेट छुट्याउनु पर्ने देखिएको बताए ।