नेपालगञ्ज व्यापार संघको तीनै प्यानलको घरदैलोमा
ज्ञानु गौतम नेपालगञ्ज.माघ २६ -नेपालगञ्ज व्यापार संघको यही फागुन १२ गते हुने निर्वाचनमा आफनो विजयी सुनिश्चित गर्न तीन वटै प्यानल व्यापारीको घर दैलोमा पुगेका छन् । उनिहरुले आ–आप्mना एजेण्डा अगाडि सार्दै व्यापारी लाई आप्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् । बिहीवार समाबेशी प्यानलका उम्मेदवारहरु नेपालगञ्जको धम्बँेझी चोक देखि गणेशमान चोक हुदै चारबाहिनी भेरी अञ्चल अस्पताल हुदै त्रिभुवन चोक सम्मका व्यापारीहरु साग भेट गरेका छन् । उनिहरुले नेपालगञ्जमा सिटी हल बनाउने , उद्योग व्यापार संघ र व्यापारी बिचको दुरी कम पार्ने,सुपारी व्यापारी, जडिबुटी व्यावसायि, काष्ट व्यावसायिका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता अगाडि सारेको अध्यक्षका उमेदवार नन्द लाल वैश्यले बताए । आफुहरुको प्यानल प्रति व्यापारीहरु निकै सकारात्मक रहेको उद्योगतर्फका उम्मेदवार कपिल अधिकारीले बताए । यस्तै वाणिज्यका उपाध्यक्षका उम्मेदवार अब्दुल बाहिद मन्सुरीले आफुहरुलाई साना तथा मझौला र ठुला व्यापारी ,उद्योग र व्यापार दुवै क्षेत्रको सर्मथन रहेको बताए ।यस्तै प्रजातान्त्रीक व्यवसायीहरुको समुहले पनि मतदाताहरुसगको भेटघाटलाई तिब्र पारेको छ । शतिसकुमार अग्रवाल नेतृत्वको सो समुहले बिहान गणेशमान चोकदेखि धम्वोजीसम्मका व्यापारीहरुसाग घरदैलो गरेको जनाएको छ । दिउसो त्रिभुवन चोक, सदरलाईन, त्रिवेणी मोडका व्यापारीहरुसाग भेटघाट गरिएको सो समुहले जानकारी दिएको छ ।