|

बुटवलमा कृषि मेला आजदेखि सुरु

बुटबल माघ २६ - कृषि व्यवसायको प्रवर्धन गर्ने लक्ष्यका साथ आजदेखि बुटवलमा छैटौ राष्टिय प्राङ्गारिक कृषि मेला सुरु हुँदैछ । नेपाल सरकारका कृषि सम्वन्धि विभिन्न निकाय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा ४ दिनसम्म सञ्चालन हुने मेलामा लुम्विनी अञ्चलका सबै जिल्ला र देशका विभिन्न स्थानका प्राङ्गारिक तथा व्यावसायिक कृषि, प्रविधि र सुचना केन्द्रका १ सय १५ स्टल सहभागि हुनेछन् ।

सहभागि विभिन्न स्टलहरुले आफ्ना उत्पादन तथा प्रविधि प्रदर्शनका लागि मेलास्थलमा ल्याई सकेका छन । मेलाकै अवसरमा अन्तरक्रिया, गोष्ठि रुपन्देही जिल्लास्तरीय अन्तरकलेज वक्तृत्वकला र नृत्य प्रतियोगिता, कृषि दोहोरी गीत प्रतियोगिता तथा बिभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिने छन् ।

मेलामा सहभागिताका लागि मेला आयोजक कृषि मन्त्रालय, कृषि विभाग, कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रम र क्षेत्रीय कृषि बिकास निर्देशनालयका उच्च अधिकारी पनि बुटवल आई पुगेको उद्योग वाणिज्य संघ बुटबलले जनाएको छ ।स्रोत : ओनलाइन  खबर

Posted by Butwalonline on 7:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा कृषि मेला आजदेखि सुरु"

Leave a reply