|

पुर्वाञ्चलमै पहिलोपटक तमुहरुको क्वोईबो निर्माण

देवीजंग तमु: तमु प्येल्हु संघ संवाददाता-(वयरवन )मोरङ्ग, माघ २५तमुहरुको मौलिक संस्कार, संस्कृति र धर्मलाई संरक्षण गर्न पुर्वाञ्चलका तमुहरु लागी परेका छन् । तमुहरुको कम संख्यारहेता पनि पुर्वाञ्चलमा तमु प्ये ल्हु संघ केन्दि«य समिती पोखरासंग समन्वय गरी पुर्वाञ्चलका जिल्लाहरुमा क्वोईवो निर्माण कार्य सुरु हुन थालेको छ । पुर्वका जिल्ला शाखाहरुले थालेको यस अभियान अन्तर्गत पुर्वमा नै पहिलोपटक र तमु प्ये ल्हु संघको आधिकारीक १४ औँ क्वोइवोको रुपमा मोरङ्ग वयरवन ९ आइतवारे रमाइलोमा निर्मित स्यार्लो क्वोइवोको एक समारोहवीच मगलवार समुद्घाटन भएको छ । उक्त अवसरमा क्वोइबो निर्माणका परिकल्पनाकार स्व क्याप्टेन भिम वहादुर तमुको प्रतिमा अनावरण समेत गरेको छ । क्वाईवो उद्घाटन तमु ह्युल छोँज धिँ गुरुङ्ग राष्ट्रिय परिषदका अध्यक्ष रेशम तमुले पर्दा उघारेर र तमु प्ये ल्हु संघ प्ये छ्या संकलन संयोजक लेफ्नेन्ट इन्द« वहादुर तमुले रिबन काटेर संयुक्त रुपमा क्वोइवोको उद्घाटन गर्नुभएको थियो । यसैगरी क्वोइवोका परिकल्पनाकार स्व भिम वहादुर तमुको प्रतिमालाई मानवशास्त्री डा ओम गुरुङ्ग, तमु ह्युल छोँज धिँ गुरुङ्ग राष्ट्रिय परिषदका अध्यक्ष रेशम तमु र स्यार्लो तमु प्ये ल्हु संघका अध्यक्ष क्याप्टेन काजीमान तमु लगायतले संयुक्त रुपमा अनावरण गर्नुभएको हो । कार्यक्रममा पुर्व आईजी हेम वहादुर तमु, पुर्वप्रधानसेनापति छत्रमानसिं तमु एवम् इलाम, झापा, सुनसरी लगायतका तमुहरुको बाक्लो उपस्थिति थियो ।तमुहरुले विशेषगरी क्वोइवो धिँमा पच्यु, ल्हेपृ तथा वोन्पो लम कार्य सिक्नुको साथै तमुहरुका हरेक क्रियाकलापहरु गर्ने गर्छन् |

Posted by Butwalonline on 3:25 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पुर्वाञ्चलमै पहिलोपटक तमुहरुको क्वोईबो निर्माण"

Leave a reply