|

दुवै मृगौलापीडित किशोरद्वारा सहयोगको लागि याचना


प्रेमनारायण न्यौपाने,पोखरा, १० फागुन। १७ वर्षे एक किशोरले आÇनो दुवै मृगौला बिग्रिएको कारण जीवन बचाइदिन भन्दै सहयोगको याचना गरेका छन्। धादिङ जिल्ला खाल्टे गाविस वडा नं. ७ घर भइ पोखरा–६ बैदामस्थित तालबाराही उमावि कक्षा १० मा अध्ययनरत समीर गुरुङले जीवन बचाइदिन सहयोगको लागि याचना गरेका हुन्।आर्थिक स्थिति अत्यन्तै कमजोर भएको परिवारमा उनका बुबा दूधबहादुर कार्पेन्टर हुन् भने आमा बुद्धिमाया गृहिणी हुन्।पााच सन्तानमध्ये तेस्रो उनका तीन दिदीबहिनी र एक भाइ छन्।

१७ वर्षको किशोरलाई एक्कासी ब्लड प्रेसरले समातेर आाखा कमजोर भएपछि मनिपाल टिचिङ हस्पिटलमा देखाउन गएको र उसले काठमाडौं रिफर गरेपछि क्रिस मेडिकल ललितपुरले दुवै मृगौला फेल भएको जानकारी प्राप्त भएको उनको उपचारमा सहयोग पुर्‍याउादै आएका बैदामका सूर्यनाथ पहारी बताउाछन्।दुई वर्षअघि पनि त्यस्तै सड्ढेत पाएको र अस्पतालमा चेक गराएर डक्टरले छ–छ महिनामा चेक गराउनुपर्ने सल्लाह दिए पनि परिवारको हेलचेक्र्याईंका कारण यो स्थिति आएको उनको भनाइ छ।

हाल गण्डकी मेडिकल कलेज (चरक हस्पिटल) नयााबजारमा उपचार गराउादै आइरहेका समीरको हप्तामा दुईपटक डायलोसिस गर्नुपर्ने हुन्छ।एकपटकको डायलोसिसमा रु.२८ सय खर्च लाग्ने गर्छ। उनको उपचारमा हालसम्म करिब ७० हजार खर्च भएको परिवारले जनाएको छ।अस्पतालमै बसेर नियमित उपचार गराउनुपर्ने भएको हुादा आगामी चैत १ गतेबाट सञ्चालन हुने एसएलसी परीक्षामा समेत सहभागी हुनबाट बञ्चित हुने भएका छन्।उनको उपचारमा सहयोग गर्न चाहनेका लागि बुबा दूधबहादुर गुरुङको नाममा एच एण्ड बी डेभलपमेन्ट बैड्ढमा ००२११००००८१०४९०००००१ नम्बरको बचत खाता खोलिएको छ। साथै ९८५६०–२३२१३ मा समेत सम्पर्क राख्न सकिने परिवारले जनाएको छ।

Posted by Butwalonline on 5:55 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुवै मृगौलापीडित किशोरद्वारा सहयोगको लागि याचना"

Leave a reply