तिब्बती पुरुषले नेपालमा आफूलाई जिउँदै जलाए
काठमाडौँ, फागुन २ ९एएफपी० ( एक तिब्बती पुरुषले नेपालको बौद्धमा रहेको रेस्टुरेन्टमा आज बिहान आफूलाई जिउँदै जलाएको प्रहरीले बताएको छ। उनको अवस्था अहिले चिन्ताजनक रहेको छ। सन् २००९ देखि सुरु भएको तिब्बती आत्मदाहको यो सयौँ घटना हो। प्रहरी प्रवक्ता केशव अधिकारीले एएफपीलाई बताए अनुसार बौद्धनाथ स्तुपनजिकै रहेको रेस्टुरेन्टमा पेट्रोल खन्याई ती युवकले आफै आगो लगाएका थिए। बिहान ८ बजेर २० मिनेटतिर शौचालयमा गई जिउमा पेट्रोल खन्याई आगो लगाएको उनले बताए।
ब्रेकफास्ट खाइरहेका पर्यटकहरुले देखेपछि सहयोगका लागि चिच्याएको र नजिकै गस्तीमा रहेको प्रहरीलाई बोलाएको उनले जानकारी दिए। प्रहरीले आगो निभाई उनलाई अस्पतालमा पठाएको थियो।
भारतको धर्मशालामा रहेको निर्वासित तिब्बती सरकारका अनुसार यसअघि ९९ जना तिब्बतीले आत्मदाह गरेका छन्। ती मध्ये ८३ जनाको मृत्यु भएको छ।स्रोत नागरिक न्यूज
