|

ग्यासमा भारी मूल्यवृद्धिको विरोध


काठमाडौं, फाल्गुन २ ( खाना पकाउने ग्यासमा भएको भारी मुल्यवृद्धिको विरोध सुरु भएको छ ।

राजधानीमा विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले बुधबार बिहान प्रदर्शन गरेका छन् । प्रदर्शनीमार्गस्थित ल क्याम्पस अगाडि बुधबार बिहान विद्यार्थीले टायर बालेर प्रदर्शन गरे । उनीहरुले सरकारले ढाड भाँच्ने काम गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे । आपूर्ति मन्त्रालय प्रधानमन्त्री बाबुराम भट्टराईको जिम्मामा छ ।

नेविसंघ, अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले विश्वभाषा, रत्नराज्य, त्रिचन्द्र, पद्मकन्या, अस्कल, सरस्वतीलगायत राजधानीका क्याम्पस अगाडि प्रदर्शन गरे । नेविसंघ प्रवक्ता यूपी लामिछानेले मुल्यविरोधी आन्दोलन देशभर चर्काउने उदघोष गरे । ुसरकारले दिने भनेको राहतमा हामीले सहमतिसमेत नजनाएको अवस्थामा मुल्यवृद्धि भएको छ,ु उनले भने, ुयस्तो जनविरोधी निर्णय फिर्ता नभएसम्म आन्दोलन चर्काउँछौं ।ु

सरकारले ग्यासको भाउ प्रति सिलिण्डर ६ सय ३० रुपैयाँ बढाएको छ ।

यसैबीच नेकपा संयुक्त मार्क्सवादीले पनि मुल्यवृद्धिको विरोध गरेको छ । अध्यक्ष लोकनारायण सुवेदीले बुधबार विज्ञप्ती जारी गर्दै आयल निगमलाई जनताको ढाड नराम्रोसँग सेकेर नाफा दिलाउने सरकारको निर्णय घोर जनविरोधी र जनतामारा भएको टिप्पणी गरेको छ ।

ुठाडै यसरी भारी मूल्य बृद्धिको बोझ जनताको टाउको माथि लादेर जनताको नराम्रोसाग ढाड भाच्ने र बिगतका सबै रेकर्ड तोड्दै यति ठूलो मूल्य बृद्धि गर्ने बर्तमान सरकारले देश र जनताको नाम लिएर सत्तामा बस्ने सबै नैतिकता गुमाएको छ,ु विज्ञप्तीमा भनिएको छ । उसले मुल्यवृद्धिविरुद्ध जनतालाई सकडमा आउन आहृवान गरेको छ ।

Posted by Journalist Mukti on 8:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ग्यासमा भारी मूल्यवृद्धिको विरोध"

Leave a reply