|

बसपार्कमा रोकिराखेको बसभित्रै किशोरी सामूहिक बलात्कृत

बुटवल बसपार्कमा रोकिराखेको बसभित्रै किशोरी बलात्कृत भएकी छन् । रोल्पा नुवागाउँ गाविस–४ घर भई कामका लागि बुटवल आएकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् ।  तीन जनाबाट बलात्कृत भएकी उनको पाठेघर च्यातिएको छ भने उनी कहिले अचेत हुन्छिन त कहिले डराउने र चिच्याउने गरेको सौर्य सहितका आजका पत्रकपत्रिकामा खबर छ । ८ पुसमा बेलुका भएको घटना एक महिनापछि मात्र सार्वजनिक भएको हो ।

किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा बुटवल–९, दीपनगरका १७ वर्षीय भीमबहादुर सुनार, सोही ठाउँका २३ वर्षीय रमेश थापा र स्याङ्जाको वालिङ–१ का १९ वर्षीय हरि पाठकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका एसपी राजकुमार बैदवारले बताए ।

सौतेनी आमाको दुव्र्यवहार सहन नसकी गाउँकै एक युवाको सहयोगमा कामका लागि बुटवल आएकी किशोरीलाई बुटवल बसपार्कमा रोकी राखेको लु १ ख ३६०८ नम्बरको बसमा लगेर तीनजनाले सामूहिक बलात्कार गरेका थिए ।

मुख थुनेर हातखुट्टा बाँधेर नियन्त्रणमा लिएर बलात्कार गरिएको पीडित किशोरीले प्रहरीसामु बताएकी छन् । घटनाको एक महिनापछि तीनै अभियुक्तलाई इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेको हो । अभियुक्तमध्ये सुनारलाई ८ पुसमा उसकै बयानका आधारमा, अर्का अभियुक्त थापालाई ९ पुसमा घरैबाट पक्राउ गरेको थियो । उनीहरू पुर्पक्षका लागि थुनामा छन् । एक महिनाको खोजतलासपछि ८ माघमा पाठकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

किशोरी बलात्कारपछि दाङ जाने गाडी चढाइदिन्छु भन्दै लैजाँदै गर्दा ८ पुसमा सुनारलाई गस्तीमा रहेको वडा प्रहरी कार्यालय बुटवलको प्रहरी टोलीले पक्राउ गरेको थियो । प्रहरीको गस्ती टोली देख्नासाथ पीडित युवती चिच्याएर बलात्कारमा परेको भन्दै गुहार मागेकी थिइन् ।

प्रहरीले लगत्तै सुनारलाई पक्राउ गरी पीडितलाई बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारार्थ लगिएको थियो । मुख्य अभियुक्त पक्राउ नगर्दासम्म घटनालाई प्रहरीले गोप्य राखेको बताएको छ । घटनामा संलग्न सबै पक्राउ भएपछि मात्रै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 8:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बसपार्कमा रोकिराखेको बसभित्रै किशोरी सामूहिक बलात्कृत "

Leave a reply