|

नेपाली समाजको युएईको निर्वाचन तयारी तिब्र गतीमा

उमाकान्त पाण्डे गाउंले - दुबइ - नेपाली समाज युएईको आगामी निर्वाचनका लागि गठित निर्वाचन समितिले सस्था सुचिकृत गर्न तोकेको जनवरि १८ सम्मको समयाअवधी बडाएर फेब्रुअरी १५ सम्मको बनाएको छ । फेब्रुअरी १५ शुक्रबार सम्म सुचिकृत गर्ने र १५ देखी २२ शुक्रबार सम्ममा उम्मेदवारी दिने २२ देखी २६ फेब्रुअरी सम्म दावीबिरोध गर्ने र मार्च १ सम्ममा निर्वाचन गर्ने गरी आफ्नो कामकार्बाही अगाडि बडाएको निर्वाचन समितिका सयोंजक गोपाल कडेंलले जानकारी दिए ।    

समाजमा आबद्द हुन चाहने सम्पूर्ण संघसस्थालाई मध्यनजर गर्दै समयावधी बडाईएको हो । निर्वाचन समितिले आगामी निर्वाचनमा सहभागी हुन तत्काल सस्थालाई सुचीकृत गर्न गराउन अनुरोध समेत गरेको छ । यस् अवधीमा साधारण तथा आजीवन सदस्य बन्न युएईमा रहेका सम्पूर्ण नेपाली हरुमा आग्रह गरिएको छ ।

नेपाली समाजमा सुचीकृत हुन यूएईमा रहेका जिल्लास्तरका सस्थालाई दर्ता शुल्क ३ सय धिराम्स तथा अञ्चल स्तरका प्रतिनिधिहरुलाई ४ सय धिराम्स लाग्ने निर्णय यस् अघी नै गरिसकेको छ । साथै कुनै पनि पार्टीका अन्तराष्ट्रिय भात्री संगठनहरुको हकमा ५ सय धिराम्श तथा सस्थाको बिधान अनुसार कार्यसमितिको नामावाली सहित सस्थालाई नेपाली समाजमा दर्ता गराउनु पर्ने प्रावधान राखिएको छ ।

सस्था दर्ता तथा नबिकरणको लागि आगामी १८ फेब्रुअरी २०१३ सम्मक समयावदी थपिएको र त्यस उपरान्त आउने निबेदन उपर कुनै प्रकृयामा सामेल नगराइने ब्यहोरा समेत निर्वाचन समितिले जानकारी दिएको छ ।

आजीवन सदस्यको लागि २ सय धिराम्स तथा पासपोटकपि र हालै खिचेको पासपोट साइजको फोटो अनिवार्य पेश गर्नु पर्ने समेत उल्लेख गरेको छ । सस्थाको सम्पूर्ण विवरण नेपाली समाजको निर्वाचन समितिका सदस्य तथा वर्तमान कार्यसमितिका कुनै पनि पदाधिकारीलाई संपर्क गर्न अनुरोध समेत गरिएको छ ।

नेपाली समाज यूएईको नयाँ कार्यकालको लागि आगामी मार्च १ गते निर्वाचन हुँदै छ । निर्वाचनका लागि गोपाल कडेल संयोजक तथा राजु खड्का र ममता विस्ट सदस्य तथा विमला भट्ट,डिआर गुरुङ र उत्तम अधिकारि सल्लाहकार रहेको उच्च स्तरिय निर्वाचन समिति यस् अघी नै गठन गरिएको थियो ।

Posted by Butwalonline on 10:20 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली समाजको युएईको निर्वाचन तयारी तिब्र गतीमा"

Leave a reply