|

पाल्पाको रामपुरमा लगाएको कर्फ्यु अझै जारी

पाल्पा माघ ८ - स्थानीय २७ वर्षीया सोनु श्रेष्ठको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले रामपुरमा लगाएको कर्फ्यु अझै जारी छ ।

आइतबार अपराहृन ३ बजेबाट कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हत्यामा संलग्न भनिएका उनको श्रीमन ओमबहादुर श्रेष्ठलाई पक्राउ गरी छाडेको भन्दै प्रदर्शनमा उत्रिएका सयौं महिलाहरुले रामपुर प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय परिसरमा रहेकेा प्रतिक्षालयमा आगजनी गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोली हानेको थियो । तर, आक्रोसित महिलाहरुले ढुंगामुढा गरेपछि प्रहरी पछि हटेको थियो ।

डेढ महिनादेखि वेपत्ता सोनुको शव शनिबार दिउँसो कालीगण्डकीको किनारमा बोरामा बेरेको अवस्थामा भेटिएको थियो । लगतै हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए । प्रहरी कार्यालय अगाडी नाराबाजी गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा १० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 7:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पाको रामपुरमा लगाएको कर्फ्यु अझै जारी"

Leave a reply