|

कोहलपुर टेलिभिजन पुन: प्रशारणका लागि छलफल

ज्ञानु गौतम/हेमराज भट्ट, नेपालगञ्ज माघ ७-कोहलपुरस्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र पुन:सञ्चालनका लागि सम्वन्धित पक्ष नै कस्सीएको छ । विकासका लागि सञ्चार भन्ने मुल नारासहित वि.स २०५२ सालमा स्थापीत क्षेत्रिय प्रशारण केन्द्र पुन: सञ्चालन तथा दिगो स्थायीत्वका लागि टेलिभिजन व्यवस्थापन पक्ष अहिले सम्भाव्यता खोजी तथा स्थायीत्वको प्रक्रिया बारे स्थलगत अनुगमन तथा पहलका लागि जुर्मुराएको छ ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले प्रशारण केन्द्रको संरक्षण, सम्वद्र्धन तथा पुनसञ्चालनका लागि निरन्तर दवाव दिएपछि माघ ७ गते अर्थात आज  नेपाल टेलिभिजनका अध्यक्ष सिताराम अग्रवाल सहितको टिम नेपालगञ्ज आउन लागेको पत्रकार महासंघ बाके सचिव राकेश मिश्रले जानकारी दिनुभयो । टेलिभिजनका योजना अनुसन्धान तथा अन्तराष्ट्रिय सम्वन्ध महाशाखाका निर्देशक प्रकाश जंग कार्की, इन्जिीनीयर रविन्द्र पराजुली लगायतको टोली आउन लागेको हो । टोलीले सरोकारवाला व्यक्ति, सञ्चारकर्मी, वुद्धिजीवीसाग सल्लाह सुझाव लिने र सञ्चालन सहभागिताको विषयमा छलफल गर्नेछ ।

पत्रकार महासंघ बााके अध्यक्ष शुक्रऋषि चौलागाई नेतृत्वको टोलीले यस अघि केन्द्र पुन: सञ्चालनका लागि पहल गर्न सञ्चारमन्त्री राजकिशोर यादवसमक्ष ज्ञापन पत्र पेश गरेको थियो ।

Posted by Butwalonline on 6:56 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोहलपुर टेलिभिजन पुन: प्रशारणका लागि छलफल "

Leave a reply