२४ आौ घण्टा सेवा सुरु गरेपनि बाँकेमा प्रभावकारी हुन सकेन
ज्ञानु गौतम नेपालगञ्ज माघ ७-सरकारले उपस्वास्थ्य चौकी र प्रसुति केन्द्रमा २४ आौ घण्टा सेवा सुरु गरेपनि बाँकेमा यो अभियान प्रभावकारी हुन सकेको छैन । अधिकांश गर्भवती महिलाहरु निजि अस्पतालमा प्रसुति सेवा लिने गरेकाले यो सेवा प्रभावकारी बन्न नसकेको हो ।
चौकीमा रहेका प्रसुति केन्द्रका सेवा सुबिधाहरु प्रभावकारी नहुने र कर्मचारीहरु निजि क्लिनिकमा सेवा दिंदा ८० प्रतिशत गर्भवती महिलाहरु निजि अस्पताल, क्लिनिक र घरमै बच्चा जन्माउने गरेको छन । बााकेका ग्रमिण क्षेत्रमा स्थापना गरिएको प्रसुति केन्द्रहरुमा करिब चालिस प्रतिसत गर्भवती महिलाले मात्र सेवा लिने तथा साठी प्रतिसत महिलाले निजि क्लिनिक तथा अस्पतालमा सेवा लिने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन । एता जिल्ला जनस्वास्थ्य कार्यालय बााकेका प्रमुख जिवन कुमार मल्लले सरकारी स्वास्थ्य निकायबाट गर्भवती महिलाहरुले कम सेवा लिएको स्वीकार्दै स्वास्थ्य चौकी तथा प्रसुति केन्द्रमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।