|

लुम्बिनीबाट ‘अखण्ड द्धीप’ कोरिया ल्याइने

सोल( दक्षिण कोरिया ), पुस २५ - सोलस्थित नेपाली राजदूताबास र दोसन्सा गुम्बाको संयूक्त आयोजनामा लुम्बिनीबाट ‘अखण्ड द्धीप’ कोरिया ल्याइने भएको छ । यसका लागि कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा र गुरु सन्मुख हे जा बिच आइतबार दुई पक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ  ।

उक्त गुम्बामा स्थायीरुपमा रहने गरी हेलीकप्टरबाट ‘अखण्ड द्धीप’ आगामी मार्च २८ मा  कोरिया ल्याइने दूताबासले जनाएको छ । सो द्धीप बुद्ध जयन्तिको अवसर पारेर मे ११ मा मनाइने ‘लोटस लाल्टीन फेस्टिभल’मा घुमाउनका साथै यहाका १०८ बिहारहरुमा समेत वितरण गरिनेछ । नेपालको पर्यटन प्रर्बद्धन तथा दुईदेश बिच प्रचीनकालदेखि रहन्दै आएको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउदै जन स्तरसम्म पुर्याउने लक्ष आयोजकले लिएका छन् |स्रोत : कांतिपुर दैनिक

Posted by Butwalonline on 10:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनीबाट ‘अखण्ड द्धीप’ कोरिया ल्याइने"

Leave a reply