|

ससुराले आफ्नै बुहारीलाई बेहोस हुने गरि कुटपिट गरे

बुटवल, पुस १८ - रुपन्देहीको मझगवामा एक ससुराले आफ्नै बुहारीलाई कुटपीट गरि घाइते बताएका छन् ।मझगवा ४ का छविलाल लोधले बुहारी ३० वर्षिय मन्जु लोधलाई पैसाको लेनदेनको विषयमा बेहोस हुने गरि कुटपिट गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

कुटाईबाट घाइते मन्जुको अहिले भैरहवास्थित भिम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मझगवाले जनाएको छ । मन्जुका श्रीमान बैदशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।बुहारीलाई कुटपिट गरे लगत्तै ससुरा छविलाल फरार भएको र उनको खोजि कार्य भइरहेको इलाका प्रहरी कार्यालय मझगवाका प्रहरी नायव निरीक्षक सूर्यवहादुर कुँवरले जानकारी दिनुभयो ।स्रोत :उज्यालो नेटवर्क

Posted by Butwalonline on 6:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ससुराले आफ्नै बुहारीलाई बेहोस हुने गरि कुटपिट गरे"

Leave a reply