|

सगरमाथा टेलिभिजनका सञ्चालकद्धारा बुधबार साप्ताहिक कब्जा

काठमाडौं, १८ पुस । सगरमाथा टेलिभिजनका सञ्चालक एवं वैदेशिक रोजगार व्यवसायी निर्मल गुरुङले काठमाडौंबाट प्रकाशित हुने ‘बुधबार साप्ताहिक’ कब्जा गरेका छन् ।दुराचार सम्बन्धी समाचार प्रकाशित भएको थाहा पाए पछि गुरुङले सहयोगी पठाएर न्यूरोडस्थित भूगोलपार्कबाट सबै पत्रिका जफत गरेका हुन् । यस अघि रेडियो नेपालमा अन्तरर्वाताको विषयलाई लिएर प्रधानमन्त्रीले स्पष्टिकरण लिन दिएको निर्देशन प्रकरण सेलाउन नपाउँदै गुरुङले पत्रिका जफत गरेको समाचार सार्वजनिक भएको छ ।

‘बुधबार साप्ताहिक’का सम्पादक विष्णु रिजालले गुरुङद्वारा मंगलबार राति पटक पटक फोन गरी आफू विरुद्ध समाचार प्रकाशित नगर्न दवाव दिएको बताए । रिजालका अनुसार ‘सगरमाथाका निर्मलद्वारा नानाभातिका प्रस्ताव’ शीर्षकको समाचार लेखेका थिए ।

यसैबीच, नेपाल प्रेस युनियनका महासचिव शिव लम्सालले आज विज्ञप्ति जारी सगरमाथा टेलिभिजनका मालिक गुरुङले गुण्डागर्दी शैलीमा भूगोलपार्कमा वितरणका लागि राखिएको ‘बुधबार साप्ताहिक’ कब्जामा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सञ्चारकर्मी र सञ्चारमाध्यमहरुले स्वतन्त्रता र निर्भयतापूर्वक समाचार संकलन गर्न, प्रसारण तथा प्रकाशन गरेर जनताको सूसचित हुन पाउने हक माथि भएको निन्दनीय कार्यको युनियन घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।युनियनले लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रकाशित सामग्रीप्रति चित्त नबुझे त्यस उपर वैधानिक बाटो रोज्ने विकल्प हुँदा हुँदै पत्रपत्रिका जफत गरिएको घटनाको खेद ब्यक्त  गरेको जनाएको छ ।

घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र जफत गरिएका पत्रिकाको क्षतिपूर्ति दिलाउन पनि युनियनले माग गरेको छ । स्रोत : सौर्य दैनिक

Posted by Butwalonline on 7:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सगरमाथा टेलिभिजनका सञ्चालकद्धारा बुधबार साप्ताहिक कब्जा "

Leave a reply