माओवादीलाई सत्ता लुटतन्त्र मात्रः पूर्वअर्थमन्त्रि महत
मुक्तिप्रसाद न्यौपाने,पौष २२, पाल्पा एकिकृत माओवादी नेतृत्वको सरकारले भयानक लुटतन्त्र मच्चाएको कारणनै राष्ट्रपतिले तत्काल कदम चालेर यो सरकारलाई हटाउनुपर्ने पूर्वअर्थमन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामशरण महतले बताएकाछन् ।
प्रेस युनियन पाल्पाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रि महतले भने–‘माओवादीलाई सत्ता लुटतन्त्र बाहेक अरु केही पनि हैन, लुटको श्रृङ्खला बन्द गर्नकोलागि बाबुरामलाई बर्खास्त गर्नुको विकल्प छैन ।’ सत्ताधारी दलहरु सत्ताको चरम दूरुपयोग गर्नमा व्यस्त रहेको उल्लेख गर्दै मधेसी दललाई सत्ता छोड्नु भनेको ज्वरो आउनु भएको छ, एकिकृत माओवादीलाइ क्यास प्राप्त गर्नु । सार्वजनीक खरीद ऐनको ठाडो उल्लङ्घन गर्दै माथिल्लो त्रिशुली ए जलविद्युतमा माओवादीले २ अर्बको लुट गरेर राष्ट्रलाई घात गरेको छ–महतले भने ।
राष्ट्रपति बाहेक अरु सबै निकाय रिक्त वा अर्ध रहेको असाधारण अवस्थामा संविधानका अक्षरस पालना गरेर निकास ननिस्कने भएकोले परिस्थिति अनुसार माओवाद िचल्न नसकेको उनको भनाई थियो । अन्य दलहरुकै आग्रहमा नेपाली कांग्रेसले उमेद्वार प्रस्तुत गरेको हो अहिले आएर पनि माओवादीले झुटको खेती गर्न र अल्मलाउनकोलागि स्वतन्त्र व्यक्तिको प्रस्ताव गरेको छ । यसको अर्थ ए.माओवादी वैशाषमा निर्वाचन गर्नकोलागि तयार छैन त्यसैले संसद नभएको अवस्थामा निजरङ्कुश ढङ्गबाट सरकार अगाडी बढिरहेको छ महतको भनाई थियो ।
प्रेस युनियन पाल्पाका अध्यक्ष प्रकाश नेपालको अध्यक्षता र सचिव माधव अर्यालको सञ्चालन तथा उपाध्यक्ष भरत शर्माको स्वागतमा सञ्चालन भएको थियो ।
