|

बिपन्न बालबालिकाहरुलाई पढ्ने लेख्ने अवसर

मुक्तिप्रसाद न्यौपाने,पाल्पा, पुस २२-अभियान नेपाल नामक संस्थाले गरिब तथा बिपन्न एवम् अभिभावक गुमाएर साहरा बिहीन भएका बालबालिकाहरुलाई संरक्षण गर्नुका साथै पढ्ने लेख्ने अवसर प्रदान गरेपछि एक दर्जन बढी बालबालिकाले राहत पाएका छन् ।
   
तानसेन स्थित मिलोनियम उच्च माविमा कक्षा ११ मा शिक्षा विषय लिएर पढ्दै गरेकी १६ वर्षीया अनिता सेनकी आमा उनी सानै छादा बित्नुभयो । गुल्मी जिल्ला स्थायी ठेगाना रहेकी अनितालाई आफ्ना बावुले आमा बितेपछि बावुले आफनै साथमा पोखरा लैजानुभयो । केही वर्षपछि अनिताका बावुले अर्को बिहे गर्नुभयो सौतेनी आमा आएपछि लाउने खाने उमेरमै अनिता काखा न पाखाकी हुनुपऱ्यो । एक वर्ष अघि तानसेन धु्रवघाट स्थित संरक्षण केन्द्रमा आइपुगेकी अनिताले राम्रो साहारा पाउनुभएको छ ।
   
उक्त संस्थाले अनिताजस्तै दुई दर्जनबढी बालबालिकाहरुलाई संरक्षण गर्नुका साथै नि:शुल्क रुपमा पढाउँदै लेखाउँदै आएको छ । ७ वर्षका बिधान गुरुड्ड र ८ वर्षका अभियान गुरुड्ड दाजुभाई हुन् । उनीहरुकी आमा बिभिन्न अभियोगमा पाल्पा जेलमा र बावु भैरहवा जेलमा छन् । उनीहरु पनि सोही संस्थाले संचालन गरेको बाल गृहमा बस्छन् र आफू जस्तै साथीभाईसँगै स्कुल जान्छन् ।
    १
१ वर्षकी निर्मला परियार र ९ वर्षका दीपक परियार दिदी भाई हुन् । निमोनिया र कुपोषणबाट ग्रस्त भई युनाइटेड मिसन अस्पतालमा उपचार गराउन ल्याएका उनीहरुका बावु आमा उल्टै रक्सीको मातमा फसेपछि बालबालिकाको स्याहार गर्न नसक्ने अवस्थामा पुगे । संस्थाले उनीहरुलाई पनि उद्धार गरि पठनपाठन गराउँदै आएको छ । उनीहरुलाई स्थानीय भुषलडाँडा निमाविमा पठनपाठनको ब्यवस्था मिलाइएको छ ।
   
२०६१ साल माघ महिनामा युनाईटेड मिसन अस्पतालको एउटा कोठा सुरु गरिएको उक्त अभियानले अहिले गरिब तथा साहारा गुमाएका बालबालिकाहरुको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले तानसेन नगरपालिका वडा नं. १० स्थित धु्रवघाटमा २ रोपनी जग्गामा २ तले भवन निर्माण गरि बालबालिकाहरुलाई संरक्षण गर्दै आएको छ ।
   
कारणवश बावु आमा गुमाएर साहारा बिहिन भएका, आमाको मृत्यु पछि बावुले अर्की आमा ल्याएपछि हेलाको पात्र बनेका, बावु आमाकै रक्सीको लतमा फसेपछि बिरामी भएर अस्पतालमा उपचार गराउन आएर बेसाहारा भएका बालबालिकाहरु उक्त गृहमा रहेका छन् ।
   
अहिले ध्रुवघाट स्थित भवनमा २२ जना बालबालिका रहेका छन् । जसमध्ये २ जना अपाड्ड छन् भने २० जना सवालाड्ड रहेका छन् । संस्थाकी हेरालु चिना सुनारले सबै बालबालिकाहरु क्रियाशील रहेको र उनीहरुले पढाईप्रति दत्तचित्त भएर लाग्ने गरेको बताए । गृहमा पाल्पा सहित रोल्पा, गुल्मी, स्याड्डजा, बाग्लुड्ड लगायतका आधा दर्जन बढी जिल्लाका बालबालिकाहरु रहेका छन् ।
   
अभियानका नेपाल पाल्पाका सयोजक पुननारायण श्रेष्ठले पारिवारिक कारणले साहारा बिहीन बनेका बालबालिकाहरुलाई संस्थामार्फत अवसर प्रदान गरिएको बताए । उनले भने “१५ जनाको क्षमता रहेको गृहमा हामीले अहिले २२ जना बालबालिकालाई राखेका छौं ।” बालबालिकाहरुको हेरचाह र खानपान ब्यवस्थापनका लागि ४ जना कर्मचारीहरु राखिएको छ ।


Posted by Butwalonline on 7:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिपन्न बालबालिकाहरुलाई पढ्ने लेख्ने अवसर"

Leave a reply