गज़ल
एकैछिन पर्ख काली,प्यार बाटेर नै आउछु!डांडाकाँडा भन्ज्यांग,सारा काटेर नै आउछु!!
पैसामै बिक्ने संसार,सारा लाई छाडी अब!
आज फेरी उसैलाई,सारा ढाटेर नै आउछु !!
बिहानीमा तप्किएको,शीत जस्तै जिबनको!
प्रेमको मधु प्याला ,सारा चाटेर नै आउछु !!
आफै भित्र हराए कि,तिमि लाई नै पाउदा !
बिघ्न बाधा अडचन,सारा आटेर नै आउछु!!
मन्को झ्याल चिहाएर,लजावती मन्की रानी!
सौन्दर्यको रौद्र राप,सारा छाटेर नै आउछु !!
"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हाल:मरुभूमिको छातीबाट