वाईवाई अन्तर बिद्यालय स्तरिय T-20 छात्रा क्रिकेट प्रतियोगिता शुरु
लक्ष्मण पोखरेल,बुटवल,पुस ४ - क्रिकेट संघ रुपन्देहीको आयोजनामा आज देखि रुपन्देहीका २ छुट्टाछुट्टै स्थानमा वाईवाई अन्तर बिद्यालय स्तरिय टि—ट्वान्टी छात्रा राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
बुटवल १५ को जवई खेल मैदान र भैरहवाको कर्मडाडाको खेल मैदानमा आज देखि १२ टिमका बिच प्रतिश्प्रर्धा शुरु भएको हो । बुटवल १५ को जवईमा भएको खेलमा ग्रुप बि का एपेक्स स्कूल शंकरनगर र पद्मोदया पब्लिक नमुना हाई स्कुल दाङका बिचमा भएको थियो ।खेलमा एकेक्स ६ बिकेटले बिजयी भयो ।टस जितेर ब्याटिङ गरेको पद्मोदयले १५ ओभरमा ५८ रनमा समेटिएको थियो । प्रतिउत्तरमा एपेक्सले १४ दशमलब ५ बलमा ४ बिकेट गुमाउदै ६१ रन बनाएको थियो । त्यस्तै आजै भएको समूह डि अन्तर्गतको खेल दशरथचन्द्र उमाबि बैतडी र डिएभी बोर्डिङ सर्लाहिका बिचमा भएको क्षेत्र नं ४ रुपन्देहीका सचिब तथा कार्यक्रम संयोजक बसन्त शाहीले जानकारी दिुनभयो ।
५ दिनसम्म संचालन हुने खेलको समापन ८ गते एक समारोहका बिच गरिने छ । उता कर्मडाडाको खेल मैदानमा समूह ए अन्तर्गत लाहान प्यारागन पब्लिक स्कूल र सूर्याेदय उच्च माबि झापा भिडेका थिए ।त्यस्तै दोश्रो खेल समूह सि अन्तर्गतका सनबिम उमाबि बांके र बुद्धज्योति उमाबि कपिलबस्तु बिच भएको आयोजकले जनाएका छन् ।
