|

जनवर्गिय संगठन अखिल (क्रान्तिकारी) मुल इकाई समिति फर्साटिकरको सम्मेलन सम्पन्न

ए.ने.क.पा (माओवादी) को जनवर्गिय संगठन अखिल (क्रान्तिकारी) मुल इकाई समिति फर्साटिकर यज्ञोदय बहुमुखि क्याम्पस को इकाई सम्मेलन आज सम्पन्न भएको छ ।

सम्मेलमको एक कार्यक्रम विच अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश अधिकारीले उद्दघाटन गरेका थिय । प्रमुख अतिथि प्रकाश अधिकारीले विद्यार्थीहरू आफ्नो हक अधिकारको लागी एक भएर लड्नुको विकल्प नभएको भन्दै त्यसको नेतृत्व अखिल (क्रान्तिकारी) ले गर्ने बताए । हरेक राजनैतिक आन्दोलनको अग्र भागमा लड्ने विद्यार्थी अब शैक्षिक परिवर्तन का लागि एकजुट भई गोलबन्द हुन सबैलाई आब्हान गरेका छन ।

सम्मेलनले शैलेन्द्र चौधरीको अध्यक्षतामा १७ सदस्यीय मुल इकाई समिति .चयन गरेको छ । जसको उपाध्यक्षमा पुनम रेग्मी, सचिव रामविलास गुप्ता, सह–सचिव कविता पौडेल र कोषध्यक्षमा मोहन भट्टराई रहनुभएको छ । कार्यक्रममा जिल्ला अध्यक्ष रश्मी बस्याल, उपाध्यक्ष अर्जुन बस्याल सचिवालय सदस्य प्रकाश कुवर, स्ववियू सदस्य अर्जुन थापा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम वाई.बि. मगरको अध्यक्षता तथा सरोज भण्डारीको संचालनमा सम्पन्न भएको थियो । 

Posted by Butwalonline on 4:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनवर्गिय संगठन अखिल (क्रान्तिकारी) मुल इकाई समिति फर्साटिकरको सम्मेलन सम्पन्न"

Leave a reply