|

डाक्टर र कर्मचारीहरुलाई कमिसन दिएर बिरामी खरिद बिक्री !

काठमाण्डौं,पुस ४ - चर्को प्रतिष्पर्धाका कारण राजधानीका निजी अस्पतालहरुले सरकारी अस्पतालका डाक्टर र कर्मचारीहरुलाई कमिसन दिएर बिरामी किन्ने गरेका छन् । आफ्नै अस्पतालका जनरल वार्डबाट आईसीयु (संघन उपचार कक्ष) मा रिफर गर्दासमेत डाक्टरहरुले कमिसन लिने गरेका छन् ।

निजी अस्पतालमा बिरामी खरिद बिक्रीकै लागि मार्केटिङ म्यानेजरको पनि व्यवस्था हुन थालेको खबर कारोबार छ । एउटा बिरामी ‘नर्मल केस’मा रिफर हुँदा १ हजारदेखि १५ सय र आईसीयुमा ३५ सयदेखि ५ हजारसम्म कमिसन लेनदेन हुन्छ ।

साना ठूला गरेर काठमाण्डौंमा करिब ३ सय अस्पताल छन् । सरकारी वीर अस्पताल, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको शिक्षण -टिचिङ), काठमाण्डौं मेडिकल कलेज, ओम अस्पताल, नेपाल मेडिकल कलेजजस्ता धेरै बिरामी आउने अस्पतालका डाक्टरर तथा कर्मचारीले कमिसनकै लोभमा अन्य अस्पताल रिफर गर्दै आएका छन् ।

‘वीर अस्पतालमा आईसीयू खाली हुँदैन, खाली भए पनि सर्वसाधारणले पाउँदैनन्, मन्त्रीसम्मको सोर्सफोर्स लगाएरु आईसीयूको व्यवस्था हुन्छ, त्यसैले बाहिर रिफर गर्नैपर्ने हुन्छ,’ वीर अस्पतालका एक कर्मचारीले भने, ‘यसरी रिफर गर्दा निजी अस्पतालले कमिसनवापत निश्चित रकम पनि दिन्छ ।’
स्रोत : ऑनलाइन खबर 

Posted by Butwalonline on 7:33 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " डाक्टर र कर्मचारीहरुलाई कमिसन दिएर बिरामी खरिद बिक्री !"

Leave a reply