|

धनधन्याञ्चल महायज्ञमा आज तेश्रो दिन सम्ममा बिस लाख रकम जम्मा

राधेश्याम बिश्वकर्मा,भैरहवा, पौष ३/वृद्धाश्रम निर्माण र अनाथ बाल बालिकाको लागी प्राथमिक तह सम्म निशुल्क आवसिय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ रुपन्देहीको छिपागढ ३ मा पौष २ गते देखि शुरु भएको श्री रुद्र प्राण प्रतिष्ठा धनधन्याञ्चल महायज्ञमा आज तेश्रो दिन सम्ममा बिस लाख सम्म जम्मा भएको छ ।

जसमा रुपन्देहीका क्षेत्र नं. १ का क्षेत्रिय संयोजक बिश्वनाथ यादवले रु. दश लाख, छिपागढ ३ बस्ने शिव प्रसाद गुप्ताले बृद्धाश्रम निर्माणमा एक कोठा निर्माण खर्च बराबरको रकम तथा छिपागढ ३ बस्ने राधिका श्रेष्ठले रु. बिस हजार दान गरेको अर्थ ब्यावस्थापन तथा चन्दा संकलन समितिका संयोजक देवेन्द्र पाण्डेले जनाएका छन ।

भैरहवा भुमही सडक खण्डको छिपागढ ३ सेमरहवामा रहेको शिव मन्दिर बगैचा कुटीमा ११ दिन सम्म चल्ने उक्त यज्ञमा भैरहवा, बुटवल, खैरेनी लगायत भारतका समेत गरि करिब पाच लाख भक्तजनले अवलोकन गर्ने र करिब पाच करोड रुपैया यज्ञबाट संकलन हुने आयोजकले अपेक्षा राखेका छन ।

निर्माणधिन शिव मन्दिरको पूर्णता र नैतिक मूल्य मान्यता सामाजिक आचरण एवम वृद्ध वृद्धाहरु प्रति सम्मान, बिश्वास र कृतज्ञतामा अभिवृद्धि का लागी यज्ञ आयोजन गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक संजय कुमार रौनियार ले जनाएका छन । यज्ञ सम्पादनको लागी छ सय एक सदस्यीय मूल आयोजक समिति र बिभिन्न २९ वटा उपसमितिहरु समेत गठन गरको आयोजकले एक प्रेस बिज्ञप्ति जारी गरि जानकारी गराएको छ ।

शिव मन्दिरका पूजारी दिवंगत माधव गिरी (नागा बाबा) ले परिकल्पना लाई मूर्त रुप दिन यज्ञ आयोजन गर्न लागेको प्रचार प्रसार सयोजक पशुपति यादवले बताएका छन ।

Posted by Butwalonline on 6:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धनधन्याञ्चल महायज्ञमा आज तेश्रो दिन सम्ममा बिस लाख रकम जम्मा "

Leave a reply