|

सहमतिका दलागि राष्ट्रिय सरकार अनिवार्य : खनाल

विनोद परियार ,बुटवल मंसिर २१ - नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारलाई एकलौटी र सर्वसत्तावादीको संज्ञा दिंदै यो सरकारले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।

सहमतिको प्रक्रिया अघि बढेका बेला एमाओवादीले फेरि सरकार गठनका लागि बखेडा झिकेर सत्ता लम्ब्याउन खोजे उहाले आरोप लगाउनुभयो । राष्ट्रपतिले दोस्रोपटक दिएको समयसीमाको आज अन्तिम दिन भएपनि माओवादीलाई विश्वास गर्न सक्ने अवस्था नरहेकाले सहमति बन्ने संभावना न्युन रहेको खनालको भनाई छ । बुटवल फाईनान्स लिमिटेड, काठमाडौंको सिएमई फाईनान्स र एल्पिक  एभरेष्ट फाईनान्सबीच एकीकृत भै आजदेखि वित्तीय कारोबार सुरु गरेको सिनर्जी फाईनान्स लिमिटेडको आज बुटवलमा उदघाटन गर्दै अध्यक्ष खनालले यस्तो बताउनुभएको हो ।

संविधानसभाको निर्वाचनमा जान सबै दल तयार भैसकेपछि संविधानका विवादित मुद्दा राजनीतिक सहमतिबाट टुंग्याउन आवश्यक नभएको पनि खनालले बताउनुभयो । छिटो सहमति नभए आउने बैशाखमा निर्वाचन गराउन कठिन हुनेपनि उहााले बताउनुभयो । उहााले अब हुने संविधान सभाको निर्वाचनमा ६०१ को जम्बो सभासद संख्या घटाइने बताउनुभयो ।अध्यक्ष खनालले गत संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको हैसियत प्राप्त गरेको एमाओवादीले शान्ति, लोकतन्त्र र संविधान निर्माणको अगुवाई ठिक ढंगले गर्न नसकेकाले यतिबेला मुलुकको राष्ट्रियता सबैभन्दा खतरामा परेको र मुलुक संवैधानिक संकटमा फसेको टिप्पणी गर्नुभयो ।

दुई ठूला अर्थतन्त्र भएका देशको बीचमा सानो अर्थतन्त्र बोकेको नेपालले आर्थिक वृद्धिको स्वतन्त्र बाटो पहिल्याउनुपर्ने आवश्यकतामा उहााले जोड दिनुभयो । कार्यक्रममा नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक डा. विनोद आत्रेयले राष्ट्रबैंकको नीति अनुरुप बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रिया सुरु भएको उल्लेख गर्दै यस्तो प्रयासलाई राष्ट्रबैंकले सदैव सहयोग गर्ने स्पष्ट पार्नुभयो ।फाईनान्सका अध्यक्ष देवेन्द्र ध्वजूको अध्यक्षतामा भएको कार्यक्रममा बैंकर्स संघका अध्यक्ष कमल ज्ञवालीले पनि वित्तीय क्षेत्रका बारेमा बोल्नुभएको थियो ।

Posted by Butwalonline on 4:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सहमतिका दलागि राष्ट्रिय सरकार अनिवार्य : खनाल"

Leave a reply