|

भजनद्धारा एड्स रोग बिरुद्ध सचेतना फैलाईदै

किरणमान बज्राचार्य,कपिलवस्तु, २१ मंसिर-एड्स रोगको नाम सुन्ने बित्तिकै त्रसित  हुने मधेसी समुदायका ब्यक्तिहरु सो रोग न्यूनीकरणका लागि आफै अग्रसर भएका छन् । सो रोग बारे निर्धक्कसंग बोल्ने मात्रै होईन अहिले गााउ भरी सचेतना फैलाउदै उनीहरु हिडेका छन् ।

एचआईभि संक्रमितहरुको संख्या दिनानुदन बढदै गए पछि त्यसको न्यूनीकरणका लागि कपिलवस्तुको धरमपनीया गाबिसका स्थानीय समुदायहरुले भजन किर्तन गरी सचेतना फैलाउन थालेका छन् । गााउका सबै जात जाति मिलेर स्थानीय अवधि थारु, नेपाली भाषामा भजन किर्तन गरी एड्स बिरुद्ध जन चेतना फैलाउन थालेका हुन ।

गााउ कै स्थानीय युवा, गृहणीहरु लगायत थुप्रै ब्यक्तिहरु संक्रमति भएको पत्ता लागे पछि स्थानीयबासी आफै त्यस बिरुद्ध जुर्रमुराएका छन् । गााउ कै अगुवा पंडीत, यादव, पासी, कुर्मी लगायतका समुदायहरुले आफैले भजन लखेर बिहीवार गाउदै गााउ भरी डुलेका थिए । २० जना बढी ट्याक्टरमा बसेर गाबिसको नौ बटै वडाको सबै गााउहरुमा एचआईभि एड्स बारे भजन किर्तन गर्दै डुलेको भजन टोली अगुवा चन्द्र शेखर यादवले बताउनु भयो । “ गााउमा एचआईभि संक्रमितहरु धमाधम फेला पर्न थाले पछि त्यसको रोकथामका लागि यस्तो कार्यक्रम गरेका हौ । ” उहााले भन्नु भयो  “ यो रोगबारे गाउका मान्छेहरुलाई थाहा छैन, भजनबाट जानकारी गराउदै हिडेका छौ । ”

समुहले भजन गााउदा माईक तथा स्थानीय ढोल, खैजड लगायतका बजाहरुको प्रयोग गरी भजनलाई अत्यन्त रोचकढंगले प्रस्तुत गरे पछि स्थानीयबासीहरुले चाख लिएर सुनेको भजन समुहका अर्का सदस्य प्रलाद चमारले बताउनु भयो । भजनमा एड्स सर्ने माध्यम, बच्ने तरिका, न्युनीकरणका उपाय, रक्त परिक्षण लगायतका बिषयहरु समाबेश रहेको प्रलादले बताउनु भयो । बिश्व एड्स दिवसको अवसर पारेर युनिसेफर सकृय सेवा समाजको सहयोगमा गााउ एड्स समन्य समितिको अगुवाईमा सो गाबिसका कार्यक्रम गरिएको समितिका सदस्य रामकृष्ण चौधरीले बताउनु भयो । यस्तो भजन कार्यक्रम छिमेकी गाबिस दोहनीमा समेत गर्ने उहााले बताउनु भयो । आफुहरुले गर्ने भजन किर्तनमा संक्रमित, प्रभावित तथा समितिका सदस्यहरुको समेत प्रत्यक्ष सहभागीता रहेको उहााको भनाई थियो ।

धरमपनीय गाबिस सहीत जिल्ला मै संक्रमितहरुको संख्या बढदै गएको एड्सको क्षेत्रमा जिल्लामा क्रियाशील सक्रिय सेवा समाजकी टिम लिडर सुशिला बेल्बासेले बताउनु भयो । समुदाय आफै अग्रसर नभई यो रोगको न्युनीकरण र नियन्त्रण गर्न गाह्रो भएकाले स्थानीयबासी कै सक्रियतामा भजनको माध्यमबाट एड्स बारे सचेतना फैलाउने कार्यको शुरुवात गरिउको उहााले बताउनु भयो । मधेसी समामुदायको बाहुल्यात रहेको गााउहरुमा यो माध्यम प्रभावकारी देखिएको उहााको भनाई छ ।

जिल्ला एड्स समन्वय समित अनुसार जिल्लामा ५ सय ४ जना संक्रमितहरु फेला परेका छन् । जसमध्ये २८ जना बालबालिका रहेका छन् भने ८२ जनको सो रोगबाट मृत्यु भईसेको छ । संक्रमित मध्ये १ सय २५ जनाले तौहिलवा अस्पतालमा एआभि सेवा लिईरहेको बताईएको छ ।

Posted by Butwalonline on 4:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भजनद्धारा एड्स रोग बिरुद्ध सचेतना फैलाईदै"

Leave a reply