|

प्रहरी चौकि निर्माणका लागि निशुल्क जग्गा

सीता भण्डारी,गुल्मी, मंसिर  २१ - प्रहरी चौकिको भवन निर्माणकालागि गुल्मीको धुर्कोट वस्तुमा एक व्यक्तिले रु दुई लाख वरावरको जग्गा निशुल्क रुपमा उपलव्ध गराएका छन् । यसरी निशुल्क रुपमा जग्गा उपलव्ध गराउनेमा धुर्कोट वस्तु ७ निवासी वालकृष्ण भण्डारीका ३८ वर्षीय छोरा लक्ष्मण भण्डारी रहेका छन् । उनले उक्त ठाउमा प्रहरी चौकि निर्माणको लागि जग्गा अपुग भएपछि १५ आना २ पैसा वरावरको जग्गा प्रहरी चौकि धुर्कोट वस्तुको नाममा नामसारी गरिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनु भएको छ । भण्डारीले उक्त जग्गा उपलव्ध गराएपछि चौकिको नाममा अव ५ रोपनि ४ आना जग्गा भईसकेकोले चााडैनै भवन निर्माण शुरु हुने काफ्लेले वताउनु भयो । प्रहरीले भवन निर्माण गर्नकालागि जग्गा कम भएपछि भण्डारीलाई जग्गा उपलव्ध गराई सहयोग गरिदिन आग्रह गरेको थियो ।

Posted by Butwalonline on 4:35 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रहरी चौकि निर्माणका लागि निशुल्क जग्गा"

Leave a reply