फेरि अर्की १८ बर्षे किशोरीलाई जलाएर मारियो
बारामा एक १८ वर्षकी किशोरीलाई जलाएर मारिएको अवस्थामा फेला पारिएको छ। १८ वर्षकी किशोरी बिन्दुकुमारी ठाकुरको ९० प्रतिशत जलेको शव आज बिहान सात बजे फेला परेको बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए।अन्यत्रै उनलाई जलाएर त्यहाँ शव फालिएको शंका प्रहरीले गरेको छ। रमा ठाकुरकी छोरीको शव प्रस्टोका वडा नम्बर ५ मा रहेको घरबाट अन्दाजी सय मिटरको दूरीमा भेटिएको थियो।
पिता ठाकुरले बिहान ४ बजे उठेर छोरी घरबाट नित्यकर्मका लागि निस्केको र पछि फेरि किताब कपी लिएर कक्षा दशमा अध्ययन गर्ने विन्दु बिहान ट्युशन पढ्न घरबाट निस्किएकी बयान दिएका छन्।
घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेकोछ। थप जानकारी आउन बाँकी छ।बर्दियाकी १६ वर्षकी शिवा हासमीलाई जलाइएको केही दिनपछि मृत्यु भएको खबर सेलाउन नपाउँदै फेरि अर्की किशोरीलाई जलाएर मारिएको खबर आएको हो। स्रोत : नागरिक