एउटी महिलाले २७ चोटि गर्भवती भै ६९ सन्तान जन्माइन्
एउटी महिला सामान्यत: कतिचोटि गर्भवती होलिन् ? तपाईंलाई अचम्म लाग्ला, कुनै महिला २७ चोटि गर्भवती भएको सुन्दा । तर, यतिमै अचम्म नमान्नुस् । किनकि, तपाईंलाई अझ आश्चर्यमा पार्ने अर्को कुरा पनि छ ।ती महिलाले आफ्नो जीवनकालमा ६९ जना सन्तानलाई जन्म दिइन् ,आश्चर्यसँगै तपाईंको मनमा लगत्तै जिज्ञासा उब्जेला– ‘ओ हो यो कसरी सम्भव छ ? हरेकचोटि जुम्ल्याहा सन्तान पाए पनि २७ गर्भाधानबाट जम्मा ५४ जना पो जन्मनुपर्ने त ’नारीले बढीमा जुम्ल्याहा सन्तान मात्र जन्माउँछन् भन्ने सोच्नुभएको हो भने यी रूसी महिलाका दृष्टान्तसामु तपाईं गलत ठहरिनुहुनेछ । किनकि, यी आमाले एउटा मात्रै बच्चा त कहिल्यै जन्माइनन् । १६ पटक जुम्ल्याहा जन्माइन् । सातपटक तिम्ल्याहा अनि चार पटक चम्ल्याहा जन्माइन् । गिनिज बुक अफ वल्र्ड रेकडर््सले उनलाई सबैभन्दा बढी बच्चा जन्माउने आमा मानेको छ । तर, यी महिला अहिलेकी भने होइनन्, करिब तीन शताब्दीअघिकी । गिनिज बुकले सन् १७२५ देखि १७६५ को बीचमा उनले यी सन्तान जन्माएको उल्लेख गरेको छ । फेरओडोर भसिल्एभकी पत्नी सुयाले जन्मदिएका यति धेरै सन्तानमध्ये ६७ जना सकुशल रहेका जनाइएको छ ।
साभार :सौर्य दैनिक