पोर्न फिल्म वा उत्तेजक तस्वीर हेर्नु स्वास्थ्यको लागि घातक
एजेन्सी, पौष २ । यदी तपाईंको पोर्न फिल्म या सेक्ससँग जोडिएका तस्वीरहरु हेर्ने लत छ भने त्यसलाई कम गर्नुहोस् अथवा त्यस्तो लत त्याग्नुहोस् । इन्टरनेटमा बसेर पोर्न फिल्म वा उत्तेजक तस्वीर हेर्नु तपाईंको स्वास्थ्यको लागि घातक सावित हुन सक्छ । त्यतिमात्रै होइन, त्यस्तो लतले मानिसमा ‘क्षणिक स्मरणशक्ति गुम्ने’ खतरा ज्यादा हुने देखिएको छ ।जर्मनीमा हालैमा भएको एक अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययनले इन्टरनेटमा बसेर सेक्ससँग सम्बन्धित समाग्री हेर्नु वा पढ्नु स्वास्थ्यको लागि हानिकारक हुने देखाएको छ । २ सय ९ व्यक्तिहरुमाथी गरिएको उक्त अध्ययनमा ती सबै व्यक्तिहरुलाई पोर्न फिल्म हेर्ने बानी बसाल्न भनिएको थियो ।
ती व्यक्तिहरुले भने बमोजिम नै गरे र त्यसको परिणाम पनि अलग–अलग पाइयो । तर, ती सबैमा एउटै कुरा समान देखियो । त्यो हो, ‘क्षणिक स्मरणशक्ति नष्ट’ हुने समस्या ।
शोधकर्ताहरुका अनुसार ८० प्रतिशत व्यक्तिहरुमा क्षणिक स्मरणशक्ति गुम्ने समस्या पाइएको जनाइएको छ । त्यसरी पोर्न फिल्म हेर्ने लत बसेकहरुलाई जब केही प्रश्नहरु सोधियो त उनीहरु त्यसको उत्तर दिन असफल भए । कतिले त रातको समयमा सुत्न समेत भुलेको जनाइएको छ भने कतिले आफू बस्ने स्थान समेत भुलेको बताइएको छ ।
त्यस्तै तिनीहरु मध्ये कतिले आफ्नो दैनिक कार्य गर्न समेत भुलेको पाइयो भने कतिले आफ्नो कार्यालयमा गर्नुपर्ने काममा समेत राम्रो प्रदर्शन गर्न नसेकेको जनाइएको छ । स्रोत :इमेज च्यानल