|

बालकलाई आठ वर्षदेखि पशुलाई जस्तै दाम्लोमा !

तेह्रथुम , पुस २ - फाक्चामरा ९ कार्की गाउँका १८ वषिर्य उमेश कार्कीलाइ आठ वर्ष देखी पाता कसेर कष्टका साथ थाममा वाँधेर राखिएको छ । सुस्त मनस्थीतीका कार्कीलाई अभिभावकले कुनै स्वास्थ्य संस्थामा उपचार गर्न समेत नलगी घरको सिकुवामा रहेको थाममा यति लामो समय देखी पशु झैं वाँधेर राखेका हुन् ।

सुस्त मनस्थीतीका कार्कीलाई अभिभावकले उपचारमा लानुको साटो प्रत्येक महिना डोरी फेर्दै कठ्याङग्रीने चिसोमा समेत घरवाहीरै वाँधेर राखेका हुन् । कार्कीलाई परीवारले धेरै वर्ष अगाडी एक पटक गाउँमै रहेको स्वास्थ्य चौकीका अहेवलाई देखाएका थिए । त्यो वाहेक उनलाई उपचारका लागि हाल सम्म अन्य स्वास्थ्य संस्था र डाक्टर कहाँ लगीएको छैन् । 'केही वर्ष अघि धामीले पानी फुकेर दिएको थियो' उनका ५२ वषिर्य वुवा दुर्गेन्द्र वहादुर कार्कीले भने 'त्यसपछि त धामीझाँक्री पनि राखिएको छैन् ।'

जन्मिएको तीन दिनका दिन विरामी परेका उमेश केही दिनमा ठिक भएको उनकी आमा रिताले वताईन् । त्यसपछि पाँच वर्ष सम्म समान्य अवस्थामा हिँडडुल गर्ने उनी त्यसयता उनले वोल्न छोडेको र असामान्य व्यवहार देखाउन थालेको आमा रिताले वताईन् । उमेर वढ्दै गएपछि घर र छरछिमेकमा गएर उपद्रो मच्चाउन थालेपछि थाम्न नसकेर वाँधेर राखेको परीवारको भनाईछ ।

छर छिमेक र जान्ने वुझ्नेले उपचार नहुने वताए पछि वाँधेर राखेको परीवारले जनाएको छ । त्यसपछि पहिले वाँध्दै आएको थाम नजीक अर्को मालवांसको भाटाको किलो गाडेर दुवै हातको नाडीमा वाँधेर राखिएको छ । 'छोड्यो भने गोठालो लाग्नु पर्छ' वुवा दुगेन्द्रले भने 'वरु दुवै हात बाँधेर राख्यो सवैलाई ढुक्क ।'

दुईतिर हात तन्काएर वाँधिएकाले उनी वस्न समेत सक्दैनन् । हिउदको कठ्याङग्रीने यो चिसोमा उनलाई वाक्लो लुगा समेत अभिभावकले दिएका छैनन् । कपडा लगाईदिदा च्यात्ने गरेकाले राम्रो कपडा नदिएको परीवारको भनाईछ । जाडोले गर्दा उनी रुने कराउने गरीरहन्छन् ।

सुस्त मनस्थितीका वालक अध्ययन गर्ने विद्यालय छ भन्ने सुनेको तर हाल सम्म नदेखेकाले त्यहाँ पुर्‍याउन नसकीएको वुवा दुर्गेन्द्रले वताए । उनका दुई जना भाई भने सामान्य अवस्थाका छन् । आर्थिक अवस्था कमजोर रहेकाले उपचार हुने ठुलठुला अस्पताल सम्म लान नकीएको उनले बताए ।
स्रोत :कान्तिपुर

Posted by Butwalonline on 7:12 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बालकलाई आठ वर्षदेखि पशुलाई जस्तै दाम्लोमा !"

Leave a reply