|

बस एकआपसमा जुध्दा २ जनाको घटनास्थलमै मृत्यु २४ घाइते

नवलपरासी, पुस २ - महेन्द्र राजमार्ग अन्र्तगत नवलपरासीको डण्डामा तिनवटा गाडी एकआपसमा जुध्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । करिब २४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एक महिला र लु १ ख २९७४ नं.बसका सहचालक रुपन्देहीका उजेल भुसाल रहेको ट्राफिक प्रहरीका असई प्रेम श्रेष्ठले बताए । ३० वर्षकी जस्ती देखिने महिलाको सनाखत हुन सकेको छैन ।

घाइतेहरुको मध्यबिन्दु अस्पताल र कालिगण्डकी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा उद्धार जारी छ । अहिले बिहान साढे ७ बजे दुईवटा बस जुधेको हो । बिगि्रएर सडकमा रोकि राखेको ट्रकलाई एकै पटक उछिन्न खोज्दा दुर्घटना भएको हो  ।

पश्चिमवाट पुर्वतर्फ जादै गरेको लु १ ख २९७४ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको नम्बरको ना ३ ख ५२२७ नं. बस आपसमा ठोक्किएको हो ।
स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 7:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बस एकआपसमा जुध्दा २ जनाको घटनास्थलमै मृत्यु २४ घाइते "

Leave a reply