|

‘छुवाछुतका घटनाहरु दोहरिएको भन्दै आपत्ति’

बिनोद परियार,बुटवल,३ पुस । मुलुकी ऐन २०२० देखि कसुर र सजाय ऐन २०६८ जारी भईसक्दा समेत जातिय छुवाछुतका घटनाहरु दोहरिएकोमा दलित अगुवाहरुले आपत्ति जनाएकाछन् । राज्य पक्षबाट विभेदका घटनालाई ऐन नियम अनुसार कारवाही नगर्दा जातिय विभेद अन्त्य हुन नसकेको उनीहरुको भनाई छ । नेपाल उत्पीडित जातिय मुक्ति समाजको २५ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आज (मंगलबार) बुटवलमा आयोजना गरेकोर जतजयन्ती समारोह तथा अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । दलित मुक्ति आन्दोलनको पृष्ठभूमि,प्राप्त उपलब्धि र आगामि कार्यदिशा बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एंव दलित नेता छविलाल विश्वकर्माले जातिय विभेद विरुद्ध एकजुट भई ससक्त आन्दोलन जरुरी रहेको बताउनुभयो ।

राजनितिक परिवर्तनसंगै दलित मुक्तिआन्दोलनले केहि सफलता प्राप्त गरेपनि बर्गमुक्तिको आन्दोलन नसकिएको उहााले बताउनुभयो । पूर्व मन्त्रि समेत रहनुभएका विश्वकर्माले मुलुकमा विभिन्न चरणमा ऐन नियम र निति बनाउन आन्दोलनले सफलता प्राप्त गरेपनि कार्यान्वयनका लागि समुदाय आफैले राज्यलाई दवाव दिनुपर्ने तर्क गर्नुभयो । उहााले भन्नुभयो –‘बर्गमुक्तिको आन्दोलन सकिएको छैन,त्यसैले विभेदविरुद्ध अभियान चलाउनुपर्छ ।’ जनयुद्धका बेला माओवादीले दलित समुदायलाई  प्रसस्तै आश्वसान देखाएपनि सरकारमागएपछि एक जनापनि मन्त्रीमण्डलमा समावेश नभएकाले सहि नेतृत्व र दलको छनौट गर्नुपर्ने उहााको सुझाव छ ।

मुक्ति समाज नेपालको दलित आन्दोलनको अग्रणी संस्था भएको भन्दै प्राप्त उपलब्धिलाई रक्षा गर्दै शक्ति निर्माणमा जुट्ेर अधिकार रक्षा गर्नुपर्ने नेता विश्वकर्माको भनाई छ । कार्यक्रममा जातिय विभेद विरुद्धको इतिहास प्रस्तुतगर्दै रेवन्त विश्वकर्माले जातिय विभेदलाई दलितको मात्रै समस्याको रुपमा नहेरी राजनितिक समस्या भएको बताउनुभयो । तर,दलहरुले दलितलाई भोट मात्रै बनाउदा समस्या उस्तै भएको बताउनुभयो । दलित अधिकारकर्मी अविराम विकले दति आन्दोलनले केहि हदसम्म उपलब्धि पाएको बताउदै सुधारको संकेत देखिएको बताउनुभयो । उहााका अनुसार संविधान र कानुनमा ब्यवस्था,राष्ट्रिय दलित आयोगगठन,सरकारी सेवा सुविधामा पहुच बृद्धि तथा जातिय छुवाछुतका घटना कम हुनु आन्दोलनको उपलब्धि हो ।

अधिवक्त दीपा सुुनारले भने अझैपनि कानुन कार्यान्वन नभएको भन्दै स्थानीय प्रशाशन गम्भिरबन्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्यद्धय नेत्र पन्थी,नजिर मिया,लुम्बिनी अञ्चल सचिव खिमलाल भट्टराई, मुक्ति समाजका केन्द्रिय सदस्य एकराज विश्वकर्माले जातिय विभेद सबैको समस्या भएको भन्दै संगठित रुपमा दवाव दिनुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा मुक्ति समाजका संस्थापक जोगलाल विश्वकर्मा,एमालेका जिल्ला सदस्य पुरुषोत्तम घियिमरे,कमला विश्वकर्मा,ईन्दिरा सापकोटा लगायतले बोल्नुभएको थियो । एमाले निकटको मुक्ति समाजले प्रयेक बर्ष पुस ३ गतेलाई स्थापना दिवसकोरुपमा मनाउदै आएको छ । यसैक्रममा बुटवलमा पनि मनाईएको हो । जिल्ला अध्यक्ष नन्द बहादुर खड्काथोकीको अध्यक्षता तथा सचिव सुरेन्द्र श्री विश्वकर्माको संचालनमा कार्यक्रम भएको थियो ।

Posted by Butwalonline on 4:21 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "‘छुवाछुतका घटनाहरु दोहरिएको भन्दै आपत्ति’"

Leave a reply