|

गज़ल

विश्वासका शिशा हरु फुट्दै छन जिन्दगीमा ।
चेतनाका लहर हरु टुट्दै छन जिन्दगीमा ।।

आखाँ भरि छरिएका अतित का पानाहरु ।
लहरबनि अनायसै छुट्दै छन जिन्दगीमा।।

सोमरसको तरंग यो भयभित छ प्रतिबिम्ब ।
मधहोशीमै यौवन यो भुट्दै छन जिन्दगीमा।।

अबयब का अस्तु संग खण्डहर सारा शहर।
दुश्मन बनि मेरै मुटु लुट्दै छन जिन्दगीमा।।


बगरमा फालिएको अस्थि जस्तै सपना भो।
हृदयमा मलाम हरु जुट्दै छन जिन्दगीमा।।

बिखर्ची राम
मरुभूमिको छातीबाट

Posted by Anonymous on 10:43 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गज़ल "

Leave a reply