गज़ल
फुल लिई मेरो लाशमा चढाउन आयौ किन?तड्पीएर बाँचेको थें जहर बनि छायौ किन?
रंग मंच नै उठे पछि आयौ र त एक्लै थिए
जान हो या अन्जानमै झुठो प्रित लायौ किन?
मातेकै थिएँ नशाले बाकी थियो अलि कति
बाकी थ्यो जुठो त्यही मिठो मानी खायौ किन ?
कठ्याँग्रीदै हर प्रहर काटेकै थें बाझो जिबन
उर्बर सोची बिज छर्न आफैं हल दायौ किन ?
हो कापेका थे ओठ मेरा डर हो या बासनाले
निरिह छ"राम"सम्झी दिल्का गरा सायौ किन ?
रामचन्द्र बस्याल बिखर्ची
"क्षितिज पारीबाट"