|

आज क्रिसमस डे इसाई समुदायले हर्षोल्लासका साथ मनाउदै

काठमाण्डौं पुस १० - इसाई धर्माबलम्बीहरुले आज क्रिसमस पर्व मनाईरहेका छन् । धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्मदिनको अवसर पारेर हरेक बर्ष डिसेम्बर २५ मा पर्वको रुपमा क्रिसमस डे मनाईन्छ ।

नेपालमा क्रिश्चियन धर्मसंग सम्बद्ध विभिन्न संघसंस्थाले शुभकामना तथा उपहार आदानप्रदान लगायत विभिन्न कार्यक्रम गर्दैछन् । आजको दिन क्रिश्चियन धर्माबलम्बीहरुले भेटघाट गर्ने, शुभकामना साटासाट गर्ने, मिष्ठान्न भोजन गरी रमाईलो गर्छन् ।

क्रिसमस डे को उपलक्षयमा शुभकामना दिनुहुँदै राष्ट्रपति डा. रामवरण यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । सन्देशमा राष्ट्रपति डा यादवले विश्वका सबै क्षेत्रमा बसोबास गर्ने मानव समुदायमा धार्मिक आस्थासँगै सदाचार, परोपकार तथा अरुको सेवा गरी सन्तोष प्राप्त गर्ने स्वभाव रहेको उल्लेख गर्दै सेवा र समर्पण भावले शान्ति, सद्भाव र विश्वबान्धुत्वको भावनालाई वृद्धि गर्न यस पर्वले थप योगदान पुगोस् भन्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति परमानन्द झाले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको शुभ अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री डा बाबुराम भट्टराईले यसै पर्वको अवसरमा नेपाललगायत विश्वका विभिन्न भूभागमा बसोबास गर्ने इसार्य  समुदायका दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिनुभएको छ । आज एक शुभकामना सन्देश दिँदै उहाँले यस पर्वको छुट्टै पहिचान र विशेषता रहेको र यस दिवसले विश्वबान्धुत्व, आपसी भाइचारा र सहिष्णुता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले खि्रष्टमस पर्व २०१२ तथा नयाँ वर्ष २०१३ को अवसरमा नेपालभित्र तथा विश्वभर छरिएर रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना प्रकट गर्नुभएको छ ।
 स्रोत : ऑनलाइन  खबर

Posted by Butwalonline on 7:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज क्रिसमस डे इसाई समुदायले हर्षोल्लासका साथ मनाउदै "

Leave a reply