अक्षयले सार्वजनिक स्थलमै गरे चुम्बन नायिका हसिनालाई
मुम्बई, मंसिर १५ - नायक अक्षय कुमारले सार्वजनिक स्थलमै नायिका असिनालाई चुम्बन गरेर उधुम मच्चाएका छन् ।आफू अभिनित पछिल्लो चलचित्र खैलाडी ७८६ को प्रमोशनमा मुम्बईको एक कलेजमा पुगेका अक्षयले आपmनो प्रस्तुतीले दर्शकको वाहवाही मात्रै कमाएनन् उत्साहित हँदै नायिकालाई चुम्बन दिएर उधुमै मच्चाइदियो ।
स्टेजमा नाचिरहेका अक्षयले दर्शकको हुटिङमा उत्साहित हुँदै हसिनालाई च्याप्प समातेर पछिल्तिर धकेल्दै घाँटीमै कुममा चुम्बन गरिदिए ।
कसैले पनि सोच्दै नसोचेको यस्तो घटनाबाट उच्चालिएका दर्शकले अक्षयको लागि मज्जैको ताली बनाए । अक्षय कुमार, असिना, मिथुन चक्रवतीं र हिमेश रेमियाको मुख्य भूमिका रहेको चलचित्र अर्को हप्तादेखि प्रदर्शनको तयारीमा छ ।
समाचार कांतिपुर बाट

