लिंगका परिकार मात्र पाइने रेष्टुरेन्ट(भिडियो)
चीनको बेइजिङमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ केवल लिंगका परिकार मात्र पाइन्छ । इतिहास अनुसार यस्तो खालको रेष्टुरेन्ट सबैभन्दा पहिले अमेरिकाको जर्जियास्थित अटलान्टाको चाइनाटाउनमा १९५६ मा स्थापना भएको थियो । गुओ परिवारले आफ्नो सातौँ पिँढीको जेठो छोरो जन्मेको उपलक्ष्यमा लिंग होटल खोलेको थियो । पछि चिनको बेइजिङमा सन् २००६ मा गुओ परिवारले नै भव्य लिंग रेष्टुरेन्ट खोल्यो । यो रेष्टुरेन्टको नाम गुओ ली जुआंग हो । यसका संस्थापक गुओ, उनकी पत्नीको नाम ली तथा छोराको नाम जुआंग भएकाले होटलको नाम यस्तो राखिएको हो ।
यो रेष्टुरेन्टको नारा नै छ, ‘भाँडोभित्रको तागत ।’ यो रेष्टुरेन्टमा मानिसको लिंगको परिकार बनाइने भने होइन । विभिन्न भाले जिवजन्तुका लिंगको मासुका विभिन्न परिकार पाइन्छ । घोँडा, गधा, कुकुर, हरिण, बाख्रा लगायतका जनावरदेखि लिएर सर्पको लिंगको समेत परिकार यहाँ पाइन्छ ।
बेइजिङको यो लिंग रेष्टुरेन्टका शाखा चीनका अरु सहरमा पनि खोलिसकिएका छन् । जनावरका लिंगको मासुका परिकार खाँदा यौन शक्ति बढ्ने तथा तागत समेत प्राप्त हुने अनुभव रेष्टुरेन्टमा आएर खानेहरुको छ । पुरुषमात्र नभएर प्रसस्तै महिलाहरु समेत यी रेष्टुरेन्टमा आएर लिंगका परिकार खाने गरेका छन् ।
स्रोत ऑनलाइन खबर