|

अपांग दिवसमा भव्यताका साथ सम्पन्न

हेमराज भट्ट,नेपालगन्ज-अवरोधहरु हटाउदै पहुच युक्त समाजको सिर्जना  गरौं भन्ने मुल नाराका साथ२१ औ अन्र्तराष्टिय अपांग दिवस आज बाँकेमा विविध कार्यक्रमका साथ मनाईएको छ ।

राष्टिय अपांग महासंघ नेपाल बाँके  र जिलला अपांग समन्वय समिति बाँकेको संयोजनमा आज नेपालगन्जमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । आज  बिहान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । त्यस पश्चात जिल्ला भरीबाट विभिन्न संघ सस्था तथा अंपाग क्षेत्रमा कार्यरत संघ सस्थाहरु तथा निकायहरु व्यक्तिहरु गरि सयौंको उपस्थितीमा नेपालगन्जको धम्बोझि चौकबाट ऱ्याली निकालीएको थियो । ऱ्याली प्लेकार्ड तथा नाराहरु सहित जिल्ला विकास समितिको हलमा प’गी कार्यक्रममा परिणत भएको थियो ।

बाँकेको प्रमुख जिलला अधिकारी को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व जिल्ला समन्वय समितिका संयोजक के.एल रानाले गरेका थिए। दिवसकै अवसरमा चार जना विभिन्न क्षेत्रमा रही अपांगताको हक हितमा काम गरिरहेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो यसरी सम्मानित हुनेहरुमा भाबुकजंग थापा, पत्रकारीता मार्फत अपांगको बिषयहरुमा उल्लेख्य कलम चलाए बापत असल शासन शाप्ताहीकका कार्यकारी सम्पादक, अपांगता सरोकार रेडीयो कार्यक्रमका सम्पादक तथा अपांगताको बिषयबस्तुलाई समेटर प्रकाशित हुने सशक्तिकरण मासिक का सम्पादक राजु लामिछान, डेकका ज्ञअध्यक्ष ईन्द्र बहादुर सेरचन सहित चार जनालाई प्रदान गरेको छ । यसैगरी कार्यक्रममा उपस्थित हेयरिंग हेड र सेतो छडी बितरण गरिएको छ । एस.एल.सि.पास भएका बिद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य महिला तथा बालवालीका कार्यालयका प्रमुख शोभा शाहले गरेका थिए ।


यसैगरी अपांग दिवसकै अवसरमा अपांग गाउ ईकाई कमिटि तथा श्रोता क्लब ईन्द्रपुरले ईन्द्रपुरमा एक कार्यक्रमका बिच अपांगताको क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । ईन्द्रपुर गाविसको सहयोगमा सम्पन्न सो कार्यक्रममा बासका निर्देशक नमस्कार शाह लाई अपांगताको क्षेत्रमा जनचेतना र अधिकारको क्षेत्रमा पुऱ्याउनु भएको योगदान र क्रियाशिल हुनु भएकोले सम्मान पत्र प्रदान गरिएको छ । यसैगरी ईन्द्रपुर गाविस सचिब ल ल्लुराम पाण्डे, महिला बिकास अधिकृत शोभा शाह लाई पनि सम्मानित गरेको छ । भने अपांग भएर पनि गााउमा बसि उल्लेख्य काम गरेका एक दर्जन अपांगता भएका सिर्जनशिल व्यक्तिहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । पूर्ब महिला तथा बालवालीका मन्त्री सर्ब देब आझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व अपांग गाउ ईकाई कमिटि तथा श्रोता क्लबका अध्यक्ष रामानन्द तमोलीले गरेका थिए।


ईन्द्रपुरमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पूर्ब महिला तथा बालवालीका मन्त्री सर्बदेब ओझा । तस्विर :हेमराज भट्ट

ईन्द्रपुरमा सम्मानित भएपछि बास निर्देशक नमस्कार शाह ।तस्विर :हेमराज भट्ट

बाँकेको ईन्दपुरमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्ति तथा प्रमुख अतिथि पूर्ब मन्त्री सर्बदेब ओझा सामुहिक तस्विरमा ।तस्विर :हेमराज भट्ट

नेपालगन्जमा सम्पन्न कार्यक्रममा सम्मानीत पत्रकार राजु लामिछाने सम्मान पत्र ग्रहण गर्दै । तस्विर :हेमराज भट्ट



Posted by Butwalonline on 11:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अपांग दिवसमा भव्यताका साथ सम्पन्न"

Leave a reply